घोराही, १५ मंसीर
जिल्ला प्रहरी कार्यालय दाङले १५ दिनमा ३८ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।
फैसला कार्यन्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने कार्य अन्तरगत मंसीर १ गतेदेखी १५ गतेसम्म दाङका विभिन्न प्रहरी कार्यालयहरुको सक्रियतामा विभिन्न मुद्दाका ३८ जना फरार प्रतिवादी पक्राउ गरी दाङ जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३८ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको, जसको जरिमाना रकम ६ लाख ५ हजार ९ सय ७ रुपैया र कैद अवधी ९ बषृ २ महिना २ दिन रहेको उहाँले जानकारी दिनुभयो ।
RaptiSandesh RaptiSandesh