नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध हुन लागेकोमा प्रशन्नता व्यक्त गरेका छन् । उनले सो बिषयलाई खुशीको समाचार भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।
आफु पत्रकार महासंघको नेतृत्वमा रहँदा राज्यले सञ्चालन गरेका सञ्चारमाध्यमहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि गंभिरतापुर्वक र निरन्तर आजाव उठाएको स्मरण गर्दै पोख्रेलले अन्य सञ्चारमाध्यमले पनि यो बाटो पछ्याउने बिश्वास व्यक्त गर्दै निजी क्षेत्रका सञ्चारमाध्यमहरु पनि सामाजिक सुरक्षाकोषमा जाने अपेक्षा राखेका छन् ।
सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा जान थालेपछि पत्रकारिता भित्रको श्रमको समस्या समधान हुदैजाने उनको बिश्वास छ । पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन्,” एउटा खुशीको समाचार सञ्चार माध्यमहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु पर्छ र यसको थालनी राज्यले सञ्चालन गरेका सञ्चार माध्यमबाट प्रारम्भ हुनुपर्छ भनी मैले पत्रकार महासंघको नेतृत्वमा हुँदा गंभिरतापुर्वक र निरन्तर आवाज उठाउदै आएको थिएँ ।
गोरखापत्रका महाप्रवन्धक लालबहादुर ऐरीको पहलमा गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध हुने निर्णय भएको र प्रधानमन्त्रीको उपस्थितिमै कोषसंग गोरखापत्रले संझौता गरेको समाचार सुन्दा प्रशन्न भएको छुं ।” उनले अब यो क्रम अन्य सञ्चारमाध्यममा पनि चल्दै जानुपर्ने भन्दै निजी लगानीका सञ्चारमाध्यमले पनि यो बाटोमा आफुलाई हिडाउनुपर्ने र र पत्रकारितामा लाग्नेको भविष्यलाई सुन्दर बनाउने दिशामा लाग्नुपर्ने बताए।
RaptiSandesh RaptiSandesh