Home / Feature Breaking news / ओली भन्छन्– अदालतले संसद् पुनर्स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छ
फाइल तस्वीर

ओली भन्छन्– अदालतले संसद् पुनर्स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले संसद् पुनर्स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने तर्क गरेका छन् ।

शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्ने बताए ।

“प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ । जसले पुनर्स्थापना गर्छ, त्यसले गर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ,” ओलीले भने ।

उनले राष्ट्रपतिले विघटन गर्न सक्ने पुनर्गठन गर्न नसक्ने भन्दै प्रश्न गरे ।

“असंवैधानिक ढंगले विघटन गर्न सक्ने पुनर्स्थपना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? गर्नुपर्‍यो नि !,” उनले भने ,“विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नुपर्‍यो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*