Home / Feature Breaking news / विप्लव, जनार्दन र घनश्यामबीच सहकार्य गर्ने सहमति

विप्लव, जनार्दन र घनश्यामबीच सहकार्य गर्ने सहमति

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) पार्टी एकताको विपक्षमा उभिएका पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वएकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहकार्य गर्न सहमत भएका छन् ।

शुक्रबार ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको त्रिपक्षीय छलफलमा समग्र राजनीतिक पुनर्गठनका लागि सैद्धान्तिक सहमति भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डुले जानकारी दिए ।

“तीनवटा विषयमा सहकार्य गर्ने सहमति बनेको छ । न्यू कम्युनिस्ट सेन्टर निर्माणका लागि सकारात्मकरूपमा अघि बढ्ने, नेपालमा समाजवादको निम्ति पहल गर्ने र जटिल राजनीतिक स्थितिको निकासका लागि सहकार्य गरेर जाने सहमति बनेको छ,” प्रकाण्डले भने ।

शर्माले प्रगतिशील अभियान घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*