Home / Feature Breaking news / मोटरसाईकल र अटो ठोक्कीदा एक जनाको मृत्यु, तीन जना घाईते

मोटरसाईकल र अटो ठोक्कीदा एक जनाको मृत्यु, तीन जना घाईते

घोराही, २१ जेठ

दाङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउसो साढे १ बजेको समयमा राप्ती गाँउपालीका वडा नं ४ श्रीनारायण चोक स्थित पुर्व–पश्चिम राजमार्गमा घोराहीबाट चन्द्रौटा तर्फ जादै गरेको भे १२ प ७५०४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको रा १ ह ५६०१ नम्बरको को अटो एक आपसमा ठोक्कीदा अटो चालक जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ५ का ३२ बर्षीय किरण रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रानकुमार गौतमले जानकारी दिनुभयो ।

घटनामा परि घाईते अटोमा सवार घोराही उपमहानगरपालिका १८ मसिना बस्ने ५० का डिलसरा वादी, मोटरसाईकलमा चालक राप्ती गाउपालिका ३ बसन्तपुरका ३३ बर्षीय दोर्ण बहादुर चौधरी र मोटरसाईकलमा सवार राप्तस् गाँउपालिका ३ का ३० बर्षका सुन्दरप्रसाद चौधरी घाईते भएको र उनीहरुलाई थप उपचारकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जमा उपचारकालागी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*