Home / Feature Breaking news / गणतन्त्र दिवसमा मानव सेवा घरलाई कांग्रेसको सहयोग

गणतन्त्र दिवसमा मानव सेवा घरलाई कांग्रेसको सहयोग

नारायणपुर, १५ जेठ

नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले मानव सेवा घरमा सहयोग गरेर १६ औँ गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवशको अवसरमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा मानव कल्याण समाजले सञ्चालन गरेको मानव सेवा घरमा अत्यावश्यक सामाग्री सहयोग गरेर मनाएको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उपसभापति प्रकाश श्रेष्ठको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि सामाग्री सहयोग गरिएको थियो । सेवा घरसँगको समन्वयमा तरकारी, दाल, चना, केराउ, मसला, जीरा, मेथी, तेल, भुजा, नमकीन, सर्फ, नुहाउने लुगा धुने र भाडा मिस्ने साबुन, बेसार, हर्पीक लगायतका सागाग्रीहरु सहयोग गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले मानव सेवामा समर्पीत मानव कल्याण सेवा समाजलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसले सामाजिक कार्यहरु बिगतदेखी सञ्चालन गर्दैै आएको र सोही सामाजिक सेवा अन्तरगत क्षेत्र नम्बर २ ले मानव सेवा घरलाई गणतन्त्र दिवशको अवसर पारेर सहयोग गरेको बताउनुभयो । उहाँले मानव सेवा नै निवनको सर्वोत्कृष्ट कार्य भएको बताउदै यसलाई निरन्तरता दिन सम्पूर्ण तहगत संरचनाहरुलाई अनुरोध गर्नुभयो ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं क्षेत्र नम्बर २ का सल्लाहकार भुपबहादुर डाँगीले नेपाली कांग्रेस सधै तल्लो वर्गका समुदायसँग रहेर काम गर्ने गरेको ईतिहास सम्झदै यस्ता सामाजिक कार्यले आत्मसन्तुष्टी मिल्ने बताउनुभयो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष दिपक पाण्डेले वडा कार्यालयको सक्रियता र पहलमा सिद्ध रत्ननाथ माविसँगको सहकार्यमा विद्यालयको जग्गा दिएर मानव सेवा घर सञ्चालनमा ल्याएको भन्दै यसलाई थप उचाईमा पु¥याएर मानवहरुको सेवामा समर्पीत हातहरुलाई हौसला प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।

क्षेत्र न २ का उपसभापति अभियान बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सेवा घरकी व्यवस्थापक सुस्मीता श्रेष्ठले संस्थागत रुपमा स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव हिमबहादुर डाँगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*