Home / Feature Breaking news / गुरुकुलमा रचना रीमालको साथमा आज एसईई सांस्कृतिक साँझ हुदै

गुरुकुलमा रचना रीमालको साथमा आज एसईई सांस्कृतिक साँझ हुदै

जेष्ठ, १५ घोराही

घोराहीमा रहेको गुरुकुल एकेडेमीले आज बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । चर्चीत गायीका रचना रिमालसहितका कलाकारको प्रस्तुति रहने गरि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । गणतन्त्र दिवशको अवसरमा गायिका रिमालको साथमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

एसइई दिएका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको गुरुकुल एकेडेमीले जानकारी दिएको छ । कार्यक्रमकालागी गायिका रिमाल दाङ आईसकेको विद्यालयका शिक्षक विवेक देवकोटाले जानकारी दिनुभयो ।कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र विद्यालयको प्राङ्गनमा आज दिउसो ३ बजेदेखी हुने बृहत एसईई साँस्कृतिक कार्यक्रम सुरु हुने उहाँले बताउनुभयो । कार्यक्रममा हास्यकलाकार कमलगाउने सहित विद्यालयका द्यार्थिहरुको प्रस्तुति रहने छ ।

उक्त साँस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि निशुल्क टिकटको व्यवस्था गरीएको छ । एसइई दिएका बिद्यार्थिहरुका लागि टिकट निशुल्क गरीएको छ भने टिकट प्राप्त गर्नको लागि बिद्याथिहरुले एसइई परीक्षाको प्रबेश पत्रको फोटोकपी पेश गर्नुपर्ने छ । आयोजकले कार्यक्रममा उपस्थितिकालागी सम्पूर्णमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*