Home / Feature Breaking news / आधारभुत विद्यालय मर्पेसका उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत

आधारभुत विद्यालय मर्पेसका उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत

दाङ, १२ जेठ
बंगलाचुली गाउँ पालिका- २ मा रहेकाे आधारभुत विद्यालय मर्पेसले एक कार्यक्रमकाे आयाेजना गरि विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक बिधालय व्यवस्थापन समिती महासंघ नेपाल लुम्बिनी प्रदेश सदस्य बलदेव मल्ल एवं बंगलाचुली गाँउपालिका २ का वडा अध्यक्ष मैते पुनकाे प्रमुख आतिथ्यमा बार्षिक कार्यक्रम अनतरगत भएकाे कार्यक्रममा विद्यलयमा कार्यरत स्वर्गीय शिक्षक भागकुमार पुनको सम्झनामा पुन परिवारले स्थापना गरेको अक्षयकोषबाट कक्षा १ देखि कक्षा ८ सम्मका कक्षा प्रथम आउने बिद्यार्थी र विद्यालय प्रथम आउने विद्यार्थीलाई प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिएकाे थियाे ।

त्यस अवसरमा स्वर्गीय भाग कुमार पुनका बुवा तेज बहादुर पुन सहित परिवारकाे उपस्थिति रहेकाे थियाे । अक्षकोष दाताहरुलाइ विद्यालयको तर्फबाट खादा र कदरपत्रले सम्मान गरिएकाे थियाे । कक्षा दृतिय र तृतीय हुने विद्यार्थीहरुलाई पनि विद्यालयको तर्फबाट अन्य पुरस्कार प्रदान गरिएकाे थियाे ।

विद्यालयले बार्षिक रूपमा सञ्चालन गरेकाे अतिरिक्त क्रियाकलापहरुमा प्रथम, दृतिय, तृतीय र सान्त्वना हुने बिद्यार्थीहरुलाई प्रमाणपत्रले पुरस्कृत गरिएकाे थियाे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष खेतुलाल बिक, प्रधानाध्यापक तेजबहादुर मल्ल, शिक्षक अभिभावक संघका अध्यक्ष रेशम थापा, पुर्व अध्यक्ष नर बहादुर सुनार,लशिक्षिका पदमा कुवर, अक्षयकाेष स्थापनाकर्ताकाे तर्फबाट कमीक पुन लगायतले मन्तव्य राख्नुभएको थियाे । शिक्षक भिम बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको सहजिकरण शिक्षक गुरुप्रसाद बिष्टले गर्नुभईको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*