Home / Feature Breaking news / कांग्रेस नेता राजु खनाल बने स्वास्थ्य मन्त्री
फाईल तस्वीर

कांग्रेस नेता राजु खनाल बने स्वास्थ्य मन्त्री

दाङ, ८ जेठ
नेपाली कांग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्री बन्नुभएकाे छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपभापति खनाल लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्यमन्त्री बन्नुभएकाे हाे ।

मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले दाङ निर्वाचन क्षेत्र नम्बर २(१) बाट बिजयी खनाललाई आज साेमवार नियुक्त गर्नुभएकाे हाे ।

खनालसँगै चाैधरीले सन्ताेषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री, भण्डारीलाल अहिरलाई कृषी तथा भूमी व्यवस्था मन्त्री, चन्द्रकेश गुप्तालाई सामाजिक मन्त्री र धर्मबहादुर चाैधरीलाई भाैतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गर्नुभएकाे मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*