Home / Feature Breaking news / चलचित्र पत्रकारिता दिवसका अवसरमा सम्मान तथा अक्षकोष स्थापना

चलचित्र पत्रकारिता दिवसका अवसरमा सम्मान तथा अक्षकोष स्थापना

दाङ, ५ जेठ ।

चलचित्र पत्रकारिता स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ दाङ शाखाले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रेस युनियन दाङका अध्यक्ष तथा सघका संरक्षक नारायण खड्कालाई स्वागत सम्मान गरेको छ । सो अवसरमा बोल्दै अध्यक्ष खड्काले रङ्गपत्रकारीता क्षेत्रको विकासमा चलचित्र पत्रकार संघको भुमिका निकै महत्वपूर्ण भएको भन्दै आफुहरुले संघलाई सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गरेका थिए ।

उक्त कार्यक्रममा चलचित्र पत्रकार संघका कोषाध्यक्ष भुपेश वलीले आफ्ना स्वर्गीय वुवा आमाको नाममा अक्षकोष स्थापना गरेका छन् । स्वर्गीय बुवा भिमलाल वली र आमा टिका वलीको सम्झनामा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखामा रु ५५ हजार ५ सय ५५ रुपैयाको भिम–टिका रङ्गपत्रकारीता पुरस्कार स्थाना गरेका छन । त्यसैविच चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो स्थापना दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी रङ्गपत्रकारीता क्षेत्रको विकासमा काम गर्ने पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

त्यस्तै चलचित्र विकास वोर्डले दाङमा गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवलाई सफल पार्न प्रचार प्रसार कमिटि गठन गरि प्रचार प्रसार गर्ने जनाएको छ । चलचित्र पत्रकार संघ दाङ शाखांका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा रासस दाङ प्रमुख नारायण रजौरे, रिपोर्टर्स कल्व दाङका अध्यक्ष शरद रेग्मी, चलचित्र पत्रकार संघ दाङ शाखांका संस्थापक उपाध्यक्ष चेतन रेग्मी निर्वतमान अध्यक्ष शिव पुन ले स्थापना दिवसको अवसरमा शुभकामना दिनु भएको थियो ।

संघका उपाध्यक्ष पूर्ण केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*