Home / समाचार / रचना रीमाल दाङको गुरुकुलमा आउदै

रचना रीमाल दाङको गुरुकुलमा आउदै

जेष्ठ ४ घोराहि  

दाङको घोराहि उपमहानगरपालिका वडा नं.१५ गुरुकुल एकेडेमीमा गायीका रचना रिमाल आउन भएकि छिन । यहि जेष्ठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् । एसइई दिएका बिद्यार्थिहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो ।

उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागि हुनको लागि रीमाल दाङ आउने भएकि हुन । बिद्यालयको प्राङ्गनमा आयोजना गरीने बृहत एसईई साँस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती पनि राख्ने बिद्यालयका नेपाली बिषयका शिक्षक विवेक देवकोटाले जानकारी दिनुभयो । कार्यक्रममा बिद्यालयका बिद्यार्थिहरुको प्रस्तुति संगै नेपाली हाँस्य बिधाका कलाकार कमल गाँउलेको पनि प्रस्तुति रहने बिद्यालयले बताएको छ ।

हाँस्य कलाकार कमल गाँउले र गायिका रीमालको मुख्य प्रस्तुति रहने भएको हो । उक्त साँस्कृतिक कार्यक्रममा सहभागि हुनको लागि निशुल्क टिकटको ब्यबस्था गरीएको छ । एसइई दिएका बिद्यार्थिहरुका लागि टिकट निशुल्क गरीएको छ भने टिकट प्राप्त गर्नको  लागि बिद्याथिहरुले एसइई परीक्षाको प्रबेश पत्रको फोटोकपि पेश गर्नुपर्ने छ । टिकट बिद्यालय प्रशासनबाट उपलब्ध हुने र बिद्यालय समयमा सम्पर्क गर्नुपर्ने छ । उक्त साँस्कृतिक कार्यक्रममा गायिका रीमालले बिद्यार्थिहरुलाई मोटिभेसनल संगै आफ्नो कला प्रस्तुत गर्ने छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*