Home / समाचार / नारायणपुर महाेत्सवकाे नवाैं दिन : पशुपति शर्माले थपे महाेत्सवकाे राैनक

नारायणपुर महाेत्सवकाे नवाैं दिन : पशुपति शर्माले थपे महाेत्सवकाे राैनक

दाङ, २२ वैशाख ।

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ काे राैनक दिनानुदिन बढ्दै गएकाे छ ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज शुक्रबार लाेक गायक पशुपति शर्मासँगै दर्शकहरूले साङ्गीतिक मनाेरञ्जन लिएका हुन् ।

नेपाली लाेकगीतकाे क्षेत्रमा ब्रान्ड बनेका गायक शर्माले जाम भने जान्छाै र माया, तिम्राे पनि अर्कैसँग चल्या छ रे चक्कर, स्याङ्जा जाने बाटैमा तनहुँ, छ न त म राम्राे छैन, सारङ्गी र्याइँ र्याइँ, लुट्न सके लुट, मलाई जापान पनि यही लगायतका गीत गाएका थिए ।

साथै आज महोत्सवमा गायक नवाैं दिन गायक यागेश्वर बस्नेत, खड्क शर्मा, शालिकराम चाैधरी,ञ राजकुमार वली, राशी रिजालकाे प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, शालु सुनार र सीमा श्रेष्ठको प्रस्तुति रहेकाे सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

एकल लाेक नृत्य प्रतियाेगिता सुरू

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ आजदेखि एकल लाेक नृत्य प्रतियोगिता सुरू भएकाे छ । आज प्रतियोगिताकाे दाेस्राे दिन ११ जना सहभागी भएका थिए । आजकाे कार्यक्रमबाट दाेस्राे चरणका लागि ६ जना छनाैट भएका छन् । छनाैट हुनेमा चाँदनी चन्द, सृष्टि श्रेष्ठले, आराेशी सेर्पाइली, पारस गिरी, अन्जु राेका र श्रीया भण्डारी रहेका छन् ।

 

 

भाेलि शनिबार बद्री पंगेनी

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि शनिबार बद्री पंगेनीकाे प्रस्तुति रहने छ ।

साथै भोलि महोत्सवको दिन गायक प्रकाशप्रिय कुशुम्या, टाेपेन्द्र बिष्ट, गजलकार बसन्त वली बसन्ती, मेरी बास्सैका कलामार लेखान्त भुसाल (घिराैले), रमेश बुढा मगर (बैकुण्ठे) तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनारको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*