Home / Feature Breaking news / महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका डिसीको प्यानल बिजयी

महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका डिसीको प्यानल बिजयी

घोराही, ९ चैत

दाङको घोराहीस्थित रहेको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको छ । एक जना सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् ।

नेपाल विद्यार्थी संघका मनोज डिसी एक हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा चुनिनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६ सय २० मत प्राप्त गर्नुभयो । महरालाई ४ सय ७६ मतान्तरले पराजित गर्दै डि.सी सभापतिमा निर्वाचित हुनुभएको हो ।

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत प्राप्त परे । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् ।

त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् । क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (छैठौं) ले गठबन्धन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*