Home / समाचार / प्रदेश स्तरिय प्रदर्शनीमा इन्टरलकिङ्ग ईटा उद्योगको स्टल

प्रदेश स्तरिय प्रदर्शनीमा इन्टरलकिङ्ग ईटा उद्योगको स्टल

घोराही, १६ फागुन

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा स्थानीय कृषी, साना तथा घरेलु उद्योगहरु स्टल राखेका छन् ।

आयोजकले उपलब्ध गराएको निशुल्क स्टलहरुमा स्थानीय उद्योगहरुले पनि आफ्नो उत्पादन सामाग्री सहित स्टल राखेका छन् । जसमध्य शोभा इन्टरलकिङ्ग ईटा उद्योग तुलसीपुर उपमहानगरपालिका १७ हेमन्तपुरले पनि स्टल राखेको छ ।

सस्तो, बसलयो र आकर्षक ईटा सहितको स्टल राखीएको छ । जसमा ईटाबारे जानकारी लिनकालागी दर्शकहरु आउने गरेको प्रोपराईटर शोभा बि.कले जानकारी दिनुभयो । उहाँले जानकारीकालागी आउने दर्शकहरुलाई इटाको महत्वबारे जानकारी आफूहरुले दिने गरेको उहाँले बताउनुभयो ।

इन्टरलकिङ्ग ईटा साधारण ईटाभन्दा बलियो, घरको वाल लगाउदा ४० प्रतिशत सस्तो, कोठाको साईजमा एकरुपता, वालमा प्लस्तर गर्न नपर्ने पुटिङ गर्न मिल्ने, रातो ईटाको तुलनामा २५ प्रतिशत तौल कम, २ दशमलब ५ बराबरको साईज, पिलर र वालसँग इन्टरलकिङ्ग हुने एकमात्र ईटा भएको उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकारबाट स्वीकृती प्राप्त, भुकम्पप्रतिरोधी, कामदारको संख्या कम लाग्ने र गर्मीमा शीतल र जाडोमा न्यानो हुने इन्टरलकिङ्ग ईटा विश्वमै सर्वाधिक प्रयोग गरिने वातावरणमैत्री ईटा भएकाले पदर्शनीमा राखीएको प्रो. बि.कले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*