Home / समाज / यातायात व्यवसायी योगीद्वारा मन्त्री शर्मासँग राहत निकाशा गरिदिन माग

यातायात व्यवसायी योगीद्वारा मन्त्री शर्मासँग राहत निकाशा गरिदिन माग

घोराही, १ फागुन

दाङका एक यातायात व्यवसायीले आफूले द्धन्दमा गुमाएको सम्पत्तिको क्षतिपूर्ति स्वरुप राहतकालागी पहल गरिदिन सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्मासँग माग गरेका छन् । सशस्त्र द्धन्दको समयमा गाडी एवं अन्य सम्पत्तिमा क्षति भएको र अदालतले पनि क्षतिपूर्ति दिने भनेर फैसला गरिसकेको लामो समय बितिसक्दा पनि आफूले राहत नपाएकाले यसाकालागी पहल गरिदिन दाङका यातायात व्यवसायी भरतनाथ योगीले मन्त्री शर्मासँग माग गरेका छन् ।

‘म लामो समयदेखी द्धन्दपिडीत यातायात व्यवसायी हुँ, अदालतले फैसला गरिसकेकाले मैले राहत पाउनुपर्छ भनेर मन्त्री ज्यूसँग कुरा राखे’ योगीले भन्नुभयो– ‘संयोजक पनि आज जनयुद्ध दिवश, आजकै दिन मन्त्री ज्यूलाई मेरो माग राखेको छु । माग छिट्टै पुरा हुन्छ भन्ने विश्वास छ ।’ अदालतले १ करोड, ४ लाख ९९ हजार राहत पाउनुपर्ने फैसला गरेको व्यवसायी योगीले जानकारी दिनुभयो ।

मन्त्री शर्माले राहतकालागी सम्बन्धीत मन्त्रालयसँग समन्वय भईरहेको बताउदै काठमाडौँ फार्केर राहतको लागी प्रक्रिया अगाडी बढाउन पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*