Home / Feature Breaking news / भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

भारतलाई पराजित गर्दै नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकामा भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले भारतलाई पराजित गर्‍यो । नेपालले ३ मध्ये २ खेलमा जित हात पारेको छ । यसअघि पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको थियो । भारतले भने पहिलो खेलमा भुटानलाई हराएपनि दोस्रो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो ।

भारतविरुद्ध नेपाललाई जित दिलाउन अन्जली चन्द, अमिशा कार्की र कप्तान प्रिति राईले एक-एक गोल गरे । भारतका लागि एकमात्र गोल अपूर्णा नारजेरीले गरेकी थिइन् ।

अपूर्णाले २१ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । सुमती कुमारीको पासमा अपूर्णाले गोल गरिन् ।

तर अन्जली चन्दले नेपालका लागि ४८ औँ मिनेटमा बराबरी गोल गरिन् । भारतीय गोलरक्षक अन्सिकाले गरेको गल्तीको फाइदा उठाउँदै अन्जलीले गोल गरेकी थिइन् ।

त्यसैगरी, प्रिति राईले ६९ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् । सुनकला राईलाई भारतीय खेलाडीले पेनाल्टी बक्सभित्र फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

अमिशाले ८९ औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् । कप्तान प्रितिले दिएको पासमा अमिशाले गोल गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*