Home / Feature Breaking news / खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता लमही क्वाटरफाइनल प्रवेश

खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता लमही क्वाटरफाइनल प्रवेश

दाङ, २३ माघ ।

घोराहीमा जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगितामा लमही नगरपालिका क्वाटर फाइनल मिफाईनल प्रवेश गरेको छ । आज भएको खेलमा राप्ती गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै लमही सेमिफाईनल प्रवेश गरेको हो ।

नेपाली कांग्रेस दाङको आयोजनामा माघको २० गतेबाट घोराही १५ स्थित सहिद मन्चमा जारी प्रतियोगितामा लमहीले लमहीले २५–२०, २१–२५, २५–२३, १९–२५ र १५–१० को सेटमा हराउँदै लगातार तीन खेलमा सतप्रंतिशत जीत निकाल्दै सेमिफाईनल पुगेको छ । निकैप्रतिष्पर्धात्मक खेलमा राप्ती गाउँपालिकाले गरेको गल्तीको फाईदा उठाउँदै लमहीले सेमिफाईनलको यात्रा तय गर्न सफल भएको हो ।

त्यस्तै सोमवार दिउँसो भएको बबई र बंगलाचुली गाउँपालिकाबीच भएको खेलमा बबई गाउँपालिकाले३–० को सोझो सेटमा हराएको छ । बबईले २५–१३, २५–१५ र २५–१८ को सेटमा हराएको हो । आजको अन्तिम खेलमा गढवाले दंगीशरणलाई ३–१ को सेटमा हराएको छ । उसले २५–१४, २५–८, २३–२५ र २५–१६ को सेटमा पराजित गर्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*