Home / Feature Breaking news / नेविसंघ आयुर्वेद विद्यापीठद्वारा सामुदायिक स्वास्थ्य सर्वेक्षण

नेविसंघ आयुर्वेद विद्यापीठद्वारा सामुदायिक स्वास्थ्य सर्वेक्षण

नेपाल विद्यार्थी संघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाई समितिले सामुदायिक स्वास्थ्य सर्वेक्षण गरेको छ । ईकाई अध्यक्ष बसन्त अधिकारीको नेतृत्वमा रहेको नेविसंघ ईकाईको टोलीले घरघरमै पुगेर नागरिकको स्वास्थ्य समस्या रहे नरहेको सर्वेक्षण गरेको थियो ।

तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १७ मानपुर क्षेत्रका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्न पुगेको टोलीले बिरामीहरुलाई आवश्यक स्वास्थ्य परामर्श समेत दिईएको ईकाई अध्यक्ष अधिकारीले जानकारी दिए ।

उनीहरुले घरघरमा पुगेर स्वास्थ्य समस्या भए नभएको बारे सोधेका थिए । बिरामी भएकाहरुलाई आवश्यक परामर्श दिएर सचेत बन्न सुझाव दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*