Home / Feature Breaking news / सामाजिक अभियान्ता विमला योगी उत्कृष्ट महिला सम्मानबाट सम्मानित

सामाजिक अभियान्ता विमला योगी उत्कृष्ट महिला सम्मानबाट सम्मानित

घोराही, २० माघ

सामाजिक अभियान्ता बिमला योगी उत्कृष्ट महिलाको रुपमा सम्मानित हुनुभएको छ । दाङ महिला जेसीजले उत्कृष्ण महिला सम्मानबाट योगीलाई सम्मान गरेको हो । दाङ महिला जेसीजले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि योगीलाई सम्मान गरेको हो ।

समाज रुपान्तरणमा अतुलनिय योगदान गरेका महिलाहरुबाट छनौट गरि योगीलाई उत्कृष्ट महिला सम्मान प्रदान गरिएको हो । समाज रुपान्तरणकालागी विशेषतः महिलाहरुको सामाजिक र आर्थिक विकासमा उहाँले पु¥याउनुभएको योगदानको उच्च मुल्यांकन गर्दै जेसीजले योगीलाई सम्मान गरेको हो ।

वि.स. २०४६ देखी महिला, बालबालिका र युवाहरुको क्षेत्रमा उहाँ क्रियाशील हुनुहन्छ । महिला संघ दाङका संस्थापक अध्यक्ष, नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रका क्रियाशील योगी राष्ट्रिय स्तरको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी निर्देशक भएर जिम्मेवारी सम्हालिरहनुभएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहनुभएका योगीको पहलमा हाल ६ सय बढि विपन्न, द्धन्दपिडित बालबालिकाहरुलाई निशुल्क शिक्षामा सहयोग गरिएको छ । योगीले ग्रामीण क्षेत्रहरुमा लक्षीत गरि व्यक्तीगत लगानीमा ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्नुभएको छ ।

समाज शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभका योगी घोराही खानेपानी तथा सरसफाई संस्थाको संस्थापक, त्रिभुवन नगर जेसीजको सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, घोराही रक्त सञ्चार केन्द्रको संस्थापक र गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक भएर कार्यअनुभव गरिसक्नुभएको छ ।

योगीलाई यसअघी द रेयुकाई नेपालले समाजमामा पु¥याएको महत्वपुर्ण सहयोग वापत सम्मान, घोराही खानेपानी तथा सरसफाई संस्था ले घोराही क्षेत्रमा शुद्ध खानेपानी पु¥याए वापत सम्मान, राष्ट्रिय सहकारी बैकले प्रदेश स्तरीय सफल सहकारी सञ्चालन गरे वापत सम्मान र विधवा महिला सरोकार केन्द्र दाङ द्धारा सिमान्तकृत तथा विधवा महिलाहरुको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुर्नस्थापना गर्न पु¥याएको योगदान वापत सम्मान गरेको थियो । योगीले अस्टे«लिया, जापान, ईन्डोनेशिसा, भारत, बंगलादेश, फ्रान्स, फिलीपिन्स, मलेशिया, स्विजरल्याण्ड, जर्मन, नेदरल्याण्ड लगायतका देश भ्रमण गरिसक्नुभएको छ ।

दाङ महिला जेसीजका अध्यक्ष नारायणी शर्माको अध्यक्षता तथा दाङ जिल्ला अदालतका न्यायधिश ताराकुमारी शर्माको प्रमुख आतिथ्य र अक्षयकोष स्थापनाकर्ता बुदादेवी गोराथोकीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा दाङ महिला नेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम रेग्मी, त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष कृष्णदेव थापा, सामुदायिक वन महासंघ दाङका सचिव जानका के.सी, सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष डोमा पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा आकृति शर्माले आश्था पाठ गराउनुभएको कार्यक्रममा कार्यक्रम संयोजक भिमा डिसीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव अर्चना शर्माले गर्नुभएको थियो ।

सम्मानित बिमला योगीको बायो डाटा
क) नाम ः बिमला योगी
ख) ठेगाना ः घोराही उपमहानगरपालीका वडा नं. १३, सेवार बनगाँऊ
ग) जन्म मिती ः २०२७ बैसाख २६ गते
घ) वैवाहिक अवस्था ः विवाहित २ छोरी तथा १ छोरा
ङ) शिक्षा ः

एम.ए त्रिभुवन विश्वविद्यालय, किर्तीपुर समाजशास्त्र
एम.ए. डा. रामलोहिया युनिर्भसीटि अर्थशास्त्र
स्नातक महेन्द्र बहुमखी क्याम्पस, भरतपुर दाङ व्यवस्थापन
प्रविणता प्रमाण पत्र महेन्द्र बहुमखी क्याम्पस, भरतपुर दाङ व्यवस्थापन
एस.एल.सी. पदमोदय पब्लिक माध्यमिक विद्यालय भरतपुर दाङ

च) वैदेशिक भ्रमण ः

अस्टे«लिया, जापान, ईन्डोनेशिसा, भारत, बंगलादेश, फ्रान्स, फिलीपिन्स, मलेशिया, स्विजरल्याण्ड, जर्मन, नेदरल्याण्ड

छ) अनुभव ः

 वि.स.२०४४ देखी वि.स.२०४८ साल गोरक्ष रत्ननाथ नि.मा.वि चौघेरामा स्थाई शिक्षकको पदमा शिक्षण सेवाको अनुभव ।

 वि.स. २०४६ सालको प्रजातान्त्रीक आन्दोलनमा दाङ जिल्लामा महिला तथा सिमान्तकृत वर्गहरुको नेतृत्व गर्दै प्रजातन्त्रको पुर्नस्थापनाका लागी महत्वपुर्ण योगदान प्रदान गरी नेपाली काग्रेश दाङको नेपाल महिला संघको संस्थापक सभापती भई दाङ जिल्लाका हजारौ महिलाहरुलाई घरको चुलो चौको देखी बाहिर ल्याउने वातावरण निमार्ण गरी महिलाहरुलाई सामाजिक, आर्थिक तथा राजनैतिक अधिकार प्राप्तीका लागी अग्रसर बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको ।

 २०७६ सालमा सामाजिक न्याय विधीको न्याय तथा कानूनी शासन लाई महिलाहरु समक्ष पु¥याउन स्कुल अफ डेमोक्रेशी दाङको संस्थापक अध्यक्ष भई कार्य गरेको ।

 २०५० सालमा नेपाल महिला सामुदायिक सेवा केन्द्र नामक सामाजिक संस्था दर्ता गरी महिला तथा बालबालिकाहरुलाई शिक्षा, कानुनी साक्षरता, सहकारीताको विकास, आयआर्जनमा संम्लग्न गराई आर्थिक तथा सामाजिकरुपमा स्वावलम्बन तर्फ उन्मुख बनाउन महत्वपुर्ण भुमिका निर्वाह ।

 महिलाहरुलाई आर्थिक रुपमा सबल , सक्षम बनाई परिवार भित्र स्वरोजगार सृजना गरी आत्मनिर्भर बनाउन तथा परिवार र समाज बाट सम्मान तथा विश्वास प्राप्त गरी महिलाहरुलाई निर्णय प्रक्रियामा समावेश गराउने उदेश्यका साथ १ सामुदायिक वचत तथा ऋण सहकारी संस्था, ४ वटा सामाजिक उद्यमी सहकारी संस्था, १ वटा बहुउदेश्यीय सहकारी संस्था तथा १ वटा राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था स्थापना गरी ४ लाख ५० हजार भन्दा बढि सिमान्तकृत, दलित, जनजाती, विस्थापित , द्धन्द पीडित, लैगिंक हिंसा प्रभावित परिवारका महिला तथा वैदेशिक रोजगार बाट फर्केका युवाहरुलाई वित्तीय साक्षरताको माध्यम द्धारा वचत, वचत परिचालन तथा वित्तीय साक्षरताको माध्यम द्धारा स्वरोजगार बनाउन सफल ।

 २०५९ साल पश्चात १० बर्षे जनयुद्ध प्रभावित, विस्थापित, दलित, हिंसा प्रभावित, अति विपन्न, मुक्त कमैया तथा सिमान्तकृत परिवारका १५०० भन्दा बढि बालबालिकाहरुलाई औपचारिक शिक्षामा सहयोग अभिवृद्धि गर्न सफल । सो मध्ये हाल ६०० बालबालिकाहरु हाल निरन्तर औपचारिक शिक्षा(प्राविधिक शिक्षा मा स्टाफ नर्स, पशु विज्ञान, अन्य प्राविधिक तहको शिक्षा ) प्रदान गर्नुका साथै सम्बन्धित विद्यालयहरुको भौतिक पुर्वाधार तैयार गर्न कक्षा कोठा निमार्ण, शुद्ध खानेपानीको उपलब्धता, विज्ञान कक्षा निमार्ण, खेल मैदान निमार्ण लगायत का भौतीक सहयोग उपलब्ध गराउन सफल ।

 द्धन्द प्रभावित महिलाहरुलाई मनोसामाजिक परामर्श प्रदान गर्न दाङ जिल्लामा शान्ति केन्द्र स्थापना गरी मनोरोगी, डिप्रेसन बाट ग्रसित तथा परिवारबाट सहयोग प्राप्त गर्न नसकेका, घरवार विहिन , असक्त हजारौ महिलाहरुलाई मनोसामाजीक परामर्श प्रदान गरी स्वस्थ तथा आत्मनिर्भर जीवन बाच्न सहयोग प्रदान ।

 घोराही उपमहानगरपालीका वडा नं. १३ मा द्धन्द प्रभावित महिला तथा घरेल हिंसा बाट प्रभावित महिलाहरुलाई पुर्नस्थापना गर्न आवास गृह निमार्ण गरी उनीहरुलाई आवस तथा स्वरोजगरा प्रर्वद्धन गर्न तालिम केन्द्र संचालन गराउन सफल ।

ज) अन्य संस्थागत सम्लग्नता ः
 घोराही खानेपानी तथा सरसफाई संस्थाको संस्थापक
 त्रिभुवन नगर जेसीजमा सदस्य
 नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य
 घोराही रक्त संचार केन्द्रको संस्थापक
 गै.स.स. महासंघ नेपालको संस्थापक

झ) अन्य संस्थागत सम्मान ः
 द रेयुकाई नेपालले समाजमामा पु¥याएको महत्वपुर्ण सहयोग वापत सम्मान ।
 घोराही खानेपानी तथा सरसफाई संस्था ले घोराही क्षेत्रमा शुद्ध खानेपानी पु¥याए वापत सम्मान ।
 राष्ट्रिय सहकारी बैक ले प्रदेश स्तरीय सफल सहकारी संचालन गरे वापत राष्ट्रपती द्धारा सम्मान
 विधवा महिला सरोकार केन्द्र दाङ द्धारा सिमान्तकृत तथा विधवा महिलाहरुको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुर्नस्थापना गर्न पु¥याएको योगदान वापत सम्मान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*