Home / समाचार / देउखुरी महाेत्सवमा दर्शक बढ्दै, शुक्रवार चर्चित कलाकारहरूकाे प्रस्तुति

देउखुरी महाेत्सवमा दर्शक बढ्दै, शुक्रवार चर्चित कलाकारहरूकाे प्रस्तुति

दाङ,१९ माघ । दाङको लमहीमा जारी छैठाैँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महाेत्सव-२०७९ मा दर्शकको सहभागिता बढ्दै गएको छ ।

`कृषि,पर्यटन,उद्योग र व्यापार देश समृद्धिको आधार´ भन्ने मुल नाराका साथ माघको १२ गतेदेखि लमही-५ स्थीत ग्रीन पार्कमा संचालन भएको महोत्सवमा अवलोकन तथा किनमेलका लागि दर्शकहरूको सहभागी बढदै गएको आयोजकले जानकारी दिएको छ ।

यसैगरी महोत्सवको नवौं दिन माघको २० गते लोक दोहोरी गायिका मन्जु पौडेल, गायिका एलिना चौहान, गायक देवेन्द्र बस्नेत, गायक बिजय पुनलगायतका कलाकारहरुले प्रस्तुति राख्ने भएका छन् ।

देउखुरी उद्योग बाणिज्य संघको आयोजना भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*