Home / Feature Breaking news / भिएन कलेजमा लागुऔषध विरुद्ध सचेतना

भिएन कलेजमा लागुऔषध विरुद्ध सचेतना

घोराही, १८ माघ

सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा रहेको भिएन कलेजमा लागु औषधबिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । केन्द्रको आयोजनामा कलेजमा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम भएको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष आर.के.शीतलको अध्यक्षतमा भएको कार्यक्रममा केन्द्रका सदस्य एवं नार्नोकनका लुम्बीनी प्रदेश ईञ्चार्ज बसन्त पुनले लागुऔषध भनेको के हो, लाग् औषधका प्रकारहरु, लागुऔषध दुव्र्यसनीका लक्षणहरु र समाधानका उपायका बारेमा जानकारी गराउनुभएको थियो भने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरिक्षक सौजन डाँगीले लागुऔषध अपराधमा सन्दर्भमा रहेको कानुनी विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा कलेजका शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा क्याम्पसका प्रचार्य सरद आचार्य र सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुनले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव के.वि घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*