Home / Feature Breaking news / बलियो कांग्रेस बनाउने अभियानमा लागाैँ: केन्द्रिय सदस्य महर

बलियो कांग्रेस बनाउने अभियानमा लागाैँ: केन्द्रिय सदस्य महर

दाङ, १२ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।

‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुगाउनुपर्छ। त्यसपछिमात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ।’

उनले अब कांग्रेस सत्ताको खेलमा लाग्न नहुने उनको तर्क छ। उनले केही दिन पहिले संसद भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए। उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आसा मर्दै गएको टिप्पणी गरे। मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको बताए।

‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाती स्टेपहरू नै विवादास्पद र निराशाजनक देखिएका छन्। यो अवस्था देशका लागि सुखद होइन,’ उनले भने। उनले अहिलेको सरकार त झनै तासको महल जस्तो भएको बताए।

‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,’ महरले भने, ‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ ।’

राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्त्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रदेश सभा सदस्य राजु खनालले कांग्रेसलाई एकढिक्का बनाएर क्रियाशील बनाउनुपर्ने बताउनुभयाे । उहाँले वर्तमान राजनितिक अवश्थाबाट बिचलित नभएर पार्टिलाई बलियाे बनाउनकालागी सबै लाग्न अनुराेध गर्नुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सहमहामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, प्रदेश प्रवक्ता एवं प्रदेश सभा सदस्य प्रचण्डविक्रम न्याैपाने, कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गाैतम, महासमिति सदस्य भुपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधी बद्रिकुमार खड्का, नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ सभापति भीमप्रकाकाश खड्का, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, नेपाली प्रदेशसभा क्षेत्र नं. २ (ख)का सभापति अभियान बस्नेत, क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, महिला संघ दाङका अध्यक्ष गाेमा रावत लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

नेपाली कांग्रेस घाेराही नगर सभापति तिलक रावतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सचिव पुष्पराज आचार्यले प्रगति र काेषाध्यक्ष भरत गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । उपसभापति दुर्लभ केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव भिमकान्त चाैधरीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*