Home / Feature Breaking news / बाह्रकुनेमा लायन्स क्लब लगायत संघसंस्थाकाे निशुल्क स्वास्थ्य शिविर

बाह्रकुनेमा लायन्स क्लब लगायत संघसंस्थाकाे निशुल्क स्वास्थ्य शिविर

घाेराही, १ माघ

माघेसक्रान्तिकाे अवसरमा घाेराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित बाह्रकुने दहमा लाग्ने मेलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे छ । लायन्स क्लब अफ घाेराही सिटी लगायत विभिन्न सामाजिक संघसंस्थाकाे आयाेजनामा निशुल्क स्वास्थ्य शिविर भएकाे हाे ।

लायन्स क्लब अफ घाेराही सिटी, त्रिभुवननगर जेसीज, राेटरी क्लब दाङ, दाङ महिला जेसीज, घाेराही उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाकाे संयुक्त आयाेजनामा निशुल्क स्वास्थ्य शिविर भएकाे हाे ।

त्यस अवसरमा १ हजार २ सय बढिले सेवा लिएकाे लायन्स क्लब अफ घाेराही सिटीका अध्यक्ष पवन याेगीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*