Home / Feature Breaking news / आईटिएफका बिजेता खेलाडीलाई सम्मान

आईटिएफका बिजेता खेलाडीलाई सम्मान

दाङ, २१ मंसिर । दाङको घोराहीमा नवौं राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । असोजको २८ गतेदेखि कार्तिकको ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर बिजेता खेलाडीहरुलाई घोराही उपमहानगरपालिका–१५ ले बुधवार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयको अध्यक्षता तथा नेपाली कांग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही–१५ घरभई नेपाली सेनाबाट सहभागी भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २ स्वर्ण जित्ने नेपाली सेनामा कार्यरत आईटिएफ तेक्वान्दोका खेलाडी लिलाधर बस्नेत, दाङ जिल्ला अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो संघका खेलाडीहरु अर्जुन नेपाली, सन्तोस बुढामगर र संन्जिता पुनमगरसहित टिम प्रशिक्षक भीमबहादुर थापालाई खादा र सम्मानपत्रले सम्मान गरिएको छ ।

बाग्लुङ जिल्लाको बांग्लुङ नगरपालिकामा भएको प्रतियोगितामा खेलाडी बस्नेतले ६५–७० तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट गरेर दुई स्वर्ण जितेका हुन । त्यसैगरी पुरुषतर्फ ५१–५५ तौल समूहको खेलमा अर्जुन नेपाली, ४६–५० तौल समूहको खेलमा सन्तोष बुढामगर र महिलातर्फ ६५ केजी प्लसको खेलमा लुम्विनी प्रदेशबाट सहभागी खेलाडीहरुले काश्य पदक जितेका थिए । कार्यक्रममा टिमलाई पदक जिताउन सफल खेलाडी तथा प्रशिक्षक भीमबहादुर थापालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीहरुले जिल्लासँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नाम र दाम कमाउने गरि खेल क्षेत्रमा अघि बढ्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सदस्य माधव श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*