Home / Feature Breaking news / प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखालाई

प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखालाई

दाङ, १७ मंसिर ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न `प्याब्सन घाेराही रनिङ सिल्ड २०७९ ´ काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ ।

गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १६ स्वर्ण पदक, १ रजत पदक र ३ कास्य पदक सहित रनिङ सिल्डकाे उपाधि चुमेकाे हाे ।

मेचीकाली आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएकाे छ ।

स्टार आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेकाे छ।

ज्याेतिपुञ्ज आवासीय माविले २ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ ।

जनज्योति विद्याश्रमले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

राप्ती आवासीय माविले १ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेकाे छ ।

दिपशीखा माविले स्वर्ण पदक र २ रजत पदक प्राप्त गरेकाे छ ।
ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

आर्वर राइजिङले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

शान्ति निकेतनले २ स्वर्ण र अरनिको माविले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

त्यस्तै लिटल एञ्जल माविले १ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरेकाे छ ।

युनिक मिडवेस्टर्नले १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

ज्ञानज्याेति एजुकेसनल एकेडेमीले २ रजत र ३ कास्य पदक प्राप्त गरेकाे छ ।

लाली गुराँस माविले १रजत र २ कास्य, नव चेतनाले १ रजत र १ कास्य, अल्फा मावि २ रजत, मनकामना आवासीय माविले १ रजत, रमना पाठशाला १ रजत, डिभाइन एकेडेमी २ रजत, शान्ति सुधा मावि १ कास्य, सनराइज एकेडेमी ४ कास्य र मेरिल्यान्ड माविले १ कास्य पदक प्राप्त गरेका छन् ।

कबड्डीमा उत्कृष्ट खेलाडी रमना पाठशालाका दुर्गादेवी घर्ती मगर र भलिवलमा उत्कृष्ट खेलाडी ज्ञानज्याेति एजुकेसनल एकेडेमीका प्रमिसन बुढा घाेषित भएका थिए । एथलेटिक्स उत्कृष्टमा गाेरखा माविका अन्जु विष्ट (छात्रा) र निर्मल बिएम (छात्र) उत्कृष्ट घाेषित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमकाे अध्ययन जतिकै आवश्यक रहेकाे बताएका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख चाैधरीले भने, ` संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घाेराहीले आयाेजनाकाे गरेकाे प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयाेजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।´ पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्ये खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएकाे नगर प्रमुख चाैधरीले आभार प्रकट गरे ।कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा समुद्घाटन कार्यक्रममा र्यालीमा तथा खेलकुदमा सहभागी विद्यालयहरूलाई पनि प्रमाणपत्र उपलब्ध गराईएकाे थियाे ।

प्याब्सन घाेराहीका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*