घोराही, १५ मंसीर
दाङमा एक छोरीले आफ्नो आमाको काजकिरिया गरिरहेकी छिन् । आफ्नो आमाको निधनपछि हिन्दु संस्कार अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाडाकी २८ बर्षीय हेमा बि.सीले काजकिरिया गरेकी हुुन् ।
आफ्नो आमा टीकाकुमारी बुढाथोकीको ५६ बर्षको उमेरमा मंसीर निधन भएपछि उनले खोलासम्मै पुगेर दागबत्ति दिनेदेखी काजकिरियासम्म गरिरहेकी छिन् । उनीसगै आफन्त तथा गाउका महिलाहरु पनि मलामी पुगेका थिए ।
रूढीबादी र गलत संस्कार तोड्दै आफूले आमाको किरिया गरिरहेको हेमाले बताइन । ‘छोरीले मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘आमाको सन्तान म मात्र हुँ, आमाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेको हुँ ।’
आमालाई दागबत्ति दिदाँ र काजकिरिया बस्दा आफन्त एवं छिमेकीहरुको राम्रो साथ सहयोग पाएको उनले सनाईनु । हेमा नेपाली कांग्रेस दाङको कर्मचारी हुन् ।