Home / Feature Breaking news / ‘चेतनामा आधारित शिक्षा, अहिलेको आवश्यकता’

‘चेतनामा आधारित शिक्षा, अहिलेको आवश्यकता’

दाङ, ११ मंसिर । विद्यार्थी र शिक्षकको शिक्षामा चेतना वृद्धि गर्नका लागि भावातित ध्यान आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल महर्षी वैदिक फाउन्डेसनको आयोजनामा आइतवार घोराहीमा भएको चेतनामा आधारित शिक्षाको प्रवद्र्धनका लागि विशिष्ठ कक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

विद्यालयमा विद्यार्थीहरुलाई कितावीसँगै सवै प्रकारको शिक्षा सिकाउनका लागि चेतनामा आधारित शिक्षाको प्रबर्द्धन गर्न आवश्यक रहेको बताएका थिए । शिक्षा लिएरपनि कतिपय मानिसहरु आफ्नो सस्कार,सस्कृति, धर्मलगायतका कुराहरु भुल्ने गरेको भन्दै उनीहरुले असल शिक्षासँगै सस्कारका लागि भावातित ध्यान सवैका लागि आवश्यक रहेको बताएका हुन ।

हिन्दु विद्यापीठका प्राचार्य डा भोलानाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा महर्षी वैदिक फाउन्डेसनका अमेरिकाका डा एस्ले डिन्सले विद्यार्थीसँगै शिक्षकहरुकालागि चेतनामा आधारित शिक्षा आवश्यक रहेको बताएका थिए । कार्यक्रममा महर्षी वैदिक फाउन्डेसन नेपालका निर्देशक प्रशिक्षक मिनराज अधिकारीलगायतले बोलेका थिए ।

कार्यक्रममा हिन्दु विद्यापीठ, जनज्योति विद्यामन्दिर र शान्ति निकेतन बोर्डिङ स्कुलका विद्यार्थी सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक पिताम्बर रिजालले गरेका थिए । कार्यक्रममा गोरखनाथ बैद्धिक गुरुकुलका विद्यार्थीहरुले स्वथी बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*