Home / Feature Breaking news / भैलोका माध्यमबाट मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार

भैलोका माध्यमबाट मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार

घोराही, ९ कार्तिक । हिन्दु धर्मावलम्बीहरुको पर्व तिहार घर-घरमा भित्रिएसंगै सर्वसाधारण तिहारको तयारीमा जुटेका छन् । तिहारमा युवायुवतीहरु भैलो खेल्नेदेखि दिदीबहिनीहरु भोलिको भाई टीकाको तयारीमा जुटिरहदा मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा हुनुहुन्छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरु विभिन्न कार्यक्रमका माध्यमबाट मतदाता भेट्ने र मत माग्न बेस्त हुनुहुन्छ । यसै क्रममा बुधबार दाङमा केही उम्मेदवारहरुले भैलो कार्यक्रमका माध्यमबाट मतदाता भेट्ने र आफ्नो पक्षमा मत माग्ने गर्दै आउनु भएको छ ।

यसैक्रममा दाङ क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रेखा शर्मा र क्षेत्र न २ (क) प्रदेशसभा सदस्य राजु खनालले घोराही बजारमा भैलोका माध्यमबाट मतदाता भेट्नेदेखि आफ्नो पक्षमा मत माग्ने काम गर्नुभएको थियो ।

जंकोट सेवा समाजद्वारा आयोजना गरेको भैलो कार्यक्रममा सरिक हुँदै प्रतिनिधि सभा सदस्य उम्मेदवार शर्मा र प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनालले आउने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*