Home / समाचार / भीरबाट लडेर रोल्पामा युवकको मृत्यु

भीरबाट लडेर रोल्पामा युवकको मृत्यु

रोल्पामा मंगलबार भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मंगलबार बेलुका साढे ६ बजे गंगादेव गाउँपालिका–५ झाँक्रीसल्ला भन्ने ठाउँमा भीरबाट लडेर वडा नंं ७ आराखोलाका २२ वर्षका अम्मर विकको मृत्यु भएको हो ।

उनी भीरबाट लडेको देख्ने स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घरबाट मामाघर हिँडेका विक बाटोमा भीरबाट १५० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*