Home / Feature Breaking news / लगातार पाँच स्वर्ण जितेका आईटीएफ खेलाडी बस्नेत

लगातार पाँच स्वर्ण जितेका आईटीएफ खेलाडी बस्नेत

दाङ, ५ कार्तिक । दाङ घोराही उपमहानगरपालिका–५ नैनवारमा जन्मिएका आइटिएफ तेक्वान्दो खेलाडी लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीबाट प्रतियोगितामा सहभागी भएका बस्नेतले ६५–७० किलो तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट दुई स्वर्ण पदक जित्न सफल भएका हुन् ।

नेपाली सेनामा जागीरे समेत रहेका बस्नेतले २०६४ देखि खेल जीवन सुरु गरेका थिए । सेनामा जागीरेसंगसंगै खेल जीवनलाई अघि बढाएका बस्नेतले विसं २०७३ मा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेका थिए । त्यस यताका दुई राष्ट्रिय खेलकुदमा पनि उनले आफ्नो अपराजित यात्रालाई कायमै राखेका बस्नेतले नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय प्रतियोगितामा पनि दुई स्वर्ण पदक हाँसिल गरेका थिए ।

३८ वर्षीय बस्नेतले यसअघि आइटिएफको साउथ एसियन च्याम्पियनसीपमा पनि दुई स्वर्ण जितेका थिए । सन २०१२ र २०१८ मा भएका उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएको खेलाडी बस्नेतले बताएका छन् । खेलप्रतिको समर्पण,सकारात्मक ऊर्जा र देशका लागि खेल्ने आफ्नो सानैदेखिको इच्छाशक्तिले निरन्तर खेल क्षेत्रमा सफलता हासिल गर्दै आएको बताए ।

हरेक खेलाडीका लागि लक्ष्य अन्तर्राष्ट्रिय पदकसम्मको हुन्छ। त्यसका लागि टिमसंगै व्यक्तिगत रुपमा खेलाडीले पनि मेहनत गरेको हुन्छझ, खेलाडी बस्नेतले भने,झदेशकै ठुलो राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नु हाम्रा लागि महत्वपूर्ण छ । यसले खेल जीवनमा ठूलो अर्थ राख्छ ।झ खेलाडी बस्नेतले आफ्नो स्वास्थ र उमेरले साथ दिँदासम्म खेल क्षेत्रमा रहने बताउँछन् । १८ वर्षदेखि नेपाली सेनामा कार्यरत बस्नेतसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनकै कारण आर्मी नवौँ राष्ट्रिय खेलकुदमा च्याम्पियन बन्न सफल हुदा खुशी लागेको बता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*