Home / Feature Breaking news / दाङमा खोलाले बगाउँदा एकजनाको मृत्यु,एक बेपत्ता
सांकेतिक तस्वीर

दाङमा खोलाले बगाउँदा एकजनाको मृत्यु,एक बेपत्ता

घोराही,२०असोज। दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

मामाघरमा रहेका छोराछोरीलाई लिन ससुरालीमा जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको हो ।

बुधवार खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ ।

प्रहरी प्रमुख वलीका अनुसार अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका-१० गुर्जेखोलामा आएको बाढीमा बगेर स्थानीय ५५ वर्षीय कल्लु चौधरी बेपत्ता भएका छन् । बुधबार दक्षिण अमराईबाट सर्रा जाने क्रममा चौधरी बगेर वेपत्ता भएका थिए । खोजी भैरहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरी प्रमुख वलीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*