Home / Feature Breaking news / अर्जुन खाेलामा डुबेर २ बालककाे मृत्यु
सांकेतिक तस्वीर

अर्जुन खाेलामा डुबेर २ बालककाे मृत्यु

अर्जुन खोलामा डुबेर दाङकाे देउखुरीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय गुइठे कुमाल र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुबै जना बालकको शवलाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।

उनिहरुको मंगलबार दिउँसो ३: ३५ बजे लमहीकाे अर्जुनखाेला पुल मुनि नुहाउन गएको बेला खाेलामा डुबेर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*