Home / समाचार / कांग्रेस नेता वीरकेशरी गाैतमकाे आयाेजनामा नवमीका दिन दशै मिलन कार्यक्रम हुने

कांग्रेस नेता वीरकेशरी गाैतमकाे आयाेजनामा नवमीका दिन दशै मिलन कार्यक्रम हुने

घाेराही, १७ असाेज

नेपाली काङ्ग्रेसका नेता तथा दाङ जिल्ला पूर्व पार्टी सभापति वीरकेशरी गाैतमले विजया दशमीकाे अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाे आयाेजना गर्नुभएकाे छ । भाेलि असाेज १८ गते नवमीका दिन गाैतमले एक कार्यक्रमकाे आयाेजना गरी शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न थालेका हुन् ।

आज साेमबार एक सुचना जारी गरी गाैतमले देश-परदेशका विभिन्न स्थानमा रही बडादशैको शुभ उपलक्ष्यमा दशै मनाउन आएका आफन्तजन , दाजुभाइ , दिदीबहिनी , युवा विद्यार्थी, साथीहरु तथा शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागी हुन अपील गरेका छन् ।

भाेलि मंगलबार दिउँसाे एक बजे दाङकाे घाेराहीस्थित हाेटेल सिटी प्लाजामा उपस्थित हुन गाैतमले सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*