Home / Feature Breaking news / वाइज कोरियनद्वारा विद्यार्थीलाई सम्मान

वाइज कोरियनद्वारा विद्यार्थीलाई सम्मान

हिमाल महरा
घोराही, २२ भदौ । दाङको घोराहीमा रहेको वाइज कोरियन भाषा सेन्टरले विद्यार्थीहरुलाई सम्मान गरेको छ । भाषा सेन्टरले २०२२ को इपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज बुधबार घोराहीको होटल पौवामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

परीक्षामा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको वाइज कोरियन भाषा सेन्टरका संचालक तथा प्रशिक्षक सन्तोष लम्सालले बताए ।

त्यस्तै वाइज कोरियन भाषा सेन्टरबाट कृषि तथा उत्पादनको तर्फको परीक्षामा सहभागी १ सय ५५ जना मध्य १ सय ४१ जना विद्यार्थीहरुले नाम निकाल सफल भएको वाइज कोरियन भाषा सेन्टरका प्रवन्धक किशन वलीले जानकारी दिए ।

भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान पत्र, खादा र टिका लगाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा भाषा सेन्टरका संचाल तथा प्रमुख प्रशिक्षक सन्तोष लम्साल, प्रशिक्षक सुदन पौडेलले परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान पत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*