Home / Feature Breaking news / डेंगु संक्रमण ७२ जिल्लामा

डेंगु संक्रमण ७२ जिल्लामा

दाङ, १८ भदौ । डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । हालसम्म डेंगुका बिरामी दाङ सहित ७२ जिल्लामा देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको भदौ १७ गतेसम्मको तथ्याङ्कअनुसार पुसदेखि हालसम्म ४ हजार १ सय ४ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी १ जनाको मृत्यु भएको छ ।

संक्रमण बढेसँगै यसले महामारीको रूप लिने त होइन भन्ने धेरैमा चासो बढ्दै गएको छ । डेंगु पुष्टि हुने क्रमसँगै अस्पतालमा बिरामी हुनेको संख्यामा पनि वृद्धि आएको छ । डेंगुको लक्षण लिएर जाँच गर्न आउने तथा भर्ना हुने बिरामी देशभर बढिरहेको देख्न सकिन्छ । डेंगुको चेन ब्रेक गर्नलाई लामखुट्टेको नै चेन ब्रेक हुनुपर्छ ।

लामखुट्टेको नियन्त्रण अझै गरिएन भने दसैं तिहार पछाडिसम्म पनि बढिरहन सक्ने विज्ञहरूले बताएका छन् । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगुका सबैभन्दा धेरै केसहरू पुष्टि भएका थिए । सबैभन्दा धेरै २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो ।

त्यतिबेला ६८ फैलिएको डेंगुबाट ५ जनाको मृत्यु भएको थियो । हालको बढ्दो अवस्था हेर्दा पुनः २०१९ कै अवस्था नदोहोरिएला भन्न सकिन्न । मनसुन छिटो भएकालेपनि केस बढेको देखिन्छ । २ महिना अझै डेंगुको जोखिममै छौं ।’

विज्ञहरूकाअनुसार डेंगुका ४ वटा सेरोटाइप हुन्छन् । एउटै ठाउँमा पटक(पटक डेंगु देखिए त्यसको लक्षण कडा भएर घातक हुनसक्ने र अस्पताल भर्ना हुने जोखिम पनि बढ्छ । विशेषगरी साँझ(बिहानको समयमा सक्रिय हुने ‘एडिस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ ।

डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्दछ । उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, वाक(वाक वा बान्ता हुनु, पखाला वा पातलो दिसा लाग्नु, खानामा अरुचि देखा पर्नु हाल डेंगु संक्रमितहरू देखिँदै आइरहेका प्रमुख लक्षणहरू हुन् ।

विशेषतः पानी संकलन हुने सामान÷भाँडा, गमला वा खाल्डो आदिमा लामखुट्टेका लार्भा सहज वृद्धि विकास हुने भएकोले त्यस्ता ठाउँहरूमा विशेषत निगरानी गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*