Home / Feature Breaking news / जिल्लास्तरिय खुला महिला तथा पुरुष खोखो सुरु

जिल्लास्तरिय खुला महिला तथा पुरुष खोखो सुरु

दाङ,१ भदौ। जिल्लास्तरिय खुला महिला तथा पुरुष छनोट खोखो प्रतियोगिता २०७९ मंगलबारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ ।
दाङ जिल्ला खोखो संघको आयोजना तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरको समन्वयमा संचालित प्रतियोगिताको नेकपा एमाले प्रदेश कमिटी सदस्य बिनोदकुमार शर्माले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले स्वस्थ जिवनशैलिका लागि खेलकुद अतिनै महत्त्वपूर्ण भएको बताएका थिए । ‘खेलकुद त्यो क्षेत्र हो, जसले एउटा स्वस्थ र अनुशासित मात्र नभई राष्ट्रका लागि जिम्मेवार नागरिक तयार गर्छ त्यसैले यसको उच्च आदर्शलाई सबैले आत्मसात गर्नुपर्ने छ’,उनको भनाई थियो ।

दाङ जिल्ला खोखो संघका अध्यक्ष प्रकाश रावतको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य बिनोद कुमार शर्माको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर बिक र जिल्ला खेलकुद बिकास समितिका पुर्व सदस्य टोपेन्द्र थापाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीलगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

बबई गाउँपालिका खोखो संघका अध्यक्ष कुलबहादुर डाँगीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच प्रतियोगिताको महिलातर्फ सप्तरङ्गी बोर्डिङ स्कुल बेलुवा र सहिद स्मृति आबासिय माबी ए फाईनल प्रवेश गरेका छ्न् ।

त्यस्तै बबई गाउँपालिका तृतिय भएको छ । उता पुरुषतर्फ सुनौलो सृजनशिल युवा क्लब तुलसीपुर १६ फाईनल प्रवेश गरेको छ । त्यस्तै पुरुष बि पोल तर्फका क्वाटर र सेमिफाइनल खेल संगै फाईनल खेल बुधवार बिहान हुने लुम्बिनी प्रदेश खो खो संघका उपाध्यक्ष उषा कवर मगरले जानकारी दिएकी छिन । प्रतियोगितामा महिलातर्फ ४ र पुरुष तर्फ ६ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*