Home / Feature Breaking news / योगीद्धारा बंगलाचुलीका छात्राहरुलाई निशुल्क प्याड वितरण

योगीद्धारा बंगलाचुलीका छात्राहरुलाई निशुल्क प्याड वितरण

घोराही, २५ साउन
नेपाल महिला संघको ७७ औँ स्थापना दिवशको अवसरमा दाङको पहाडी क्षेत्रका छात्राहरुलाई निशुल्क सेटेटरी प्याड प्रदान गरिएको छ । नेपाल महिला संघका संस्थापक अध्यक्ष बिमला योगीले पहाडी क्षेत्र बंगलाचुली गाँउपालिकाका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड सहयोग गर्नुभएको हो । योगीले बंगलाचुली गाँउपालिकाका २ वटा माविका छात्राहरुलाई निशुल्क सेटेटरी प्याड सहयोग प्रदान गर्नुभएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका योगीले नेपाल महिला सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा छात्राहरुलाई प्याड वितरण गर्नुभएको हो । बंगालचुली गाँउपालिका वडा नम्बर ३ को महेन्द्र मावि श्रीवारी र वडा नम्बर ५ को सुधा मावि झेल्नेटाका छात्राहरुलाई प्याड प्रदान गरिएको थियो । त्यस अवसरमा ७ सय ५० सेनेटरी प्याड वितरण गरिएको थियो ।

सहयोग कार्यक्रममा बोल्दै नेपाल महिला संघ दाङका संस्थापक अध्यक्ष बिमला योगीले राणा शासनका विरुद्ध, नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा योगदान गर्ने दिव्यादेवी कोईराला, मंगलादेवी सिंहले स्थापना गरेको नेपाल महिला संघको स्थापना दिवशको अवसरमा पहाडी क्षेत्रका छात्राहरुमा बढि मात्रामा प्रजनन् स्वास्थ्य समस्या रहने भएकाले सहयोग गरेको बताउनुभयो ।

पहाडी क्षेत्रका महिलाहरुमा प्रजजन् स्वास्थ्यबारे सचेत पनि नभएका कारण धेरै महिलाहरुमा प्रजनन् स्वास्थ्य समस्या रहेकाले सचेत बनाउनकालागी र प्रजनन् स्वास्थ्यमा सहज होस् भनेर निशुल्क सेनेटरी प्याड सहयोग गरिएको उहाँले बताउनुभयो । महिला सामुदायिक सेवा केन्द्रले हिंसा पिडीत महिलाहरुकालागी सञ्चालन गरेको महिला स्वरोजगार केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु सहयोग गरिएको जानकारी पनि दिनुभयो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्ष एवं बंगलाचुली गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आतिथ्यमा प्याड वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले ग्रामीण क्षेत्रका महिलाहरुमा प्रजनन् स्वास्थ्य समस्या धेरै मात्रामा देखिने गरेकाले यसबारे सचेत बनाउन आवश्यक भएको बताउनुभयो । यस सहयोग कार्यक्रमले छात्राहरुमा प्रजनन् स्वास्थ्यबारे सचेत हुने अवसर र सेटेटरी प्याडको प्रयोगबारे जानकार भएको उहाँको भनाई थियो । साथै उहाँले नेपाल महिला सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा बंगलाचुली गाँउपालिकाले छात्राहरुकालागी प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रममा सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले हिंसापिडीत महिलाहरुले उत्पादन गरेको गुणस्तरिय प्याडहरुको व्यवस्थापन र बजारिकरण संस्थाले गरिरहेको बताउनुभयो । साथै उहाँले छात्राहरुलाई प्रजनन् स्वास्थ्यबारे सचेत रहन अनुरोध पनि गर्नुभयो ।

कार्यक्रममा बंगलाचुली गाँउपालिकाका शिक्ष शाखा संयोजक ओकप्रकाश केसी, महेन्द्र माविका प्रधानाध्यापक ईन्द्रबहादुर बुढा, सुधा मावि झेल्नेटाका प्रधानाध्यापक ज्ञानेन्द्र ढकाल, नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम अधिकृत नमराज अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*