Home / Feature Breaking news / कांग्रेस बैठक : सय सिट राखेर गठबन्धन गर्न सुझाव

कांग्रेस बैठक : सय सिट राखेर गठबन्धन गर्न सुझाव

नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुले पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटका लागि गठन भएको कार्यदललाई छलफल गरेर कांग्रेसलाई लाभ हुने गरि टुंगोमा पुग्न सुझाव दिएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेताहरुले स्थानीय तहको चुनाव र कांग्रेसको अवस्थालाई ध्यानमा राखेर अघि बढ्न सुझाव दिएका हुन्।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यक परे कार्यदललाई शीर्ष नेतृत्वले सहयोग गर्ने बताए।

‘आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमतिपछि कार्यदल गठन भएको छ, आजको बैठकमा नेताहरुले कार्यदललाई आआफ्नो ढंगको सुझाव दिनु भएको छ’, महतले भने’, ‘सिट बाँडफाँटबारे कार्यदललाई म्यान्डेट दिएको छ। उसलाई छलफल गरेर सहमति जुटाउन नेताहरुले सुझाव दिनु भयो।’

उनले गठबन्धन कायम राखेर अघि बढ्न सुझाव दिइएको बताए।
तर, बैठकमा सहभागी एक नेताका अनुसार पदाधिकारी र पूर्वपदाधिकारीहरुले स्थानीय तहको निर्वाचनमा कांग्रेसले प्राप्त गरेको मत परिणामलाई समेत आधार मानेर कम्तिमा १ सय सिट भन्दा कम हुने गरि बाँडफाँट नगर्न सुझाव दिएका छन् ।

‘स्थानीय तहको चुनावमा पार्टीले प्राप्त गरेको मत र जनताको कांग्रेस प्रतिको विश्वासलाई आधार मानेर १६५ मध्ये १ सय सिटमा कांग्रेसले दाबी छाड्न मिल्दैन भन्ने नेताहरुको मत रह्यो’ उनले भने।

कतिपयले भने त्यसभन्दा तल झरेर गठबन्धन गर्नु पर्ने अवस्था आएको खण्डमा कांग्रेस कडा रुपमा प्रस्तुत हुनु पर्ने सुझाव दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*