Home / Feature Breaking news / चौबीस घण्टामा ९३४ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

चौबीस घण्टामा ९३४ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८६२ पीसीआर परीक्षणका क्रममा ४९८ जना र २ हजार ४८९ एन्टिजेन परीक्षणका क्रममा ४३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९७२ जनाको मृत्यु भइसकेको छ । थप ४७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ९६७ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ६८६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*