Home / Feature Breaking news / नेपाल बार दाङकाे अध्यक्षमा घिमीरे बिजयी, काेषाध्यक्षबाहेक सबै पदमा डिएलएका उमेद्वार बिजयी

नेपाल बार दाङकाे अध्यक्षमा घिमीरे बिजयी, काेषाध्यक्षबाहेक सबै पदमा डिएलएका उमेद्वार बिजयी

घाेराही, २१ साउन

नेपाल बार एशोसियसन जिल्ला बार ईकाइ दाङको अध्यक्षमा मुरली घिमिरे बिजयी भएका छन् । नेपाल डेमाेक्र्याटिक लयर्स एशाेसियसनबाट उमेद्वार बनेका घिमीरे अध्यक्षमा बिजयी भएका हुन् ।

अध्यक्षमा घिमिरे ६७ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिष्पर्धी मेघराज लम्सालको ५९ मत प्राप्त गरेका छन ।

त्यसैगरेर उपाध्यक्षमा घिमिरे प्यानलका किरणकुमार रेग्मी विजयी भएका छन् । उनले ८३ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पधी लुमवहादुर कार्कीले ४२ प्राप्त गरेका छन् ।

सचिवमा सन्तोष पोख्रेल ७३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी कृष्णप्रसाद आचार्य ५१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा प्रगतिशील प्यानलका भरत न्याैपानेले ६३ मत लिएर बिजयी भएका छन् । उनी प्रगतिशील प्यानलका हुन् । काेषाध्यक्षमा नारायणप्रसाद डाँगीले ६१ मत प्राप्त गरेका छन् ।

सहसचिवमा रेश्मी पाण्डे धिताल ६९ मत ल्याएर विजय हुदा उनका प्रतिष्पर्धी हरि चन्द्राकुमारी ओलीको ५६ आएको छ । त्यसैगरेर सदस्यहरुमा निश्चल हमाल ७४ मत, माधव देवकोटा ६५ मत, तिलकबहादुर केसी ६५ मत, खटकु गिरीले ८२ मत, नारायणप्रसाद रिजाल ८० , विष्णुप्रसाद शर्मा ६७ र डम्वर वुढाथोकी ७९ मत प्राप्त गरेर सदस्यमा विजय भएका छन् । जिल्ला बारमा कुल १ सय ३३ मतदातामा १ सय २७ मत खसेको थियो ।
काेषाध्यक्षबाहेक अन्य पदमा नेपाल डेमाेक्र्याटिक लयर्स एशाेसियसनका उमेद्वारहरू बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*