Home / Feature Breaking news / पहिरोका कारण अस्तव्यस्त नारायणगढ–मुग्लिन सडक [तस्बिरहरु]

पहिरोका कारण अस्तव्यस्त नारायणगढ–मुग्लिन सडक [तस्बिरहरु]

शनिबार रातिदेखि जारी वर्षाका कारण देशका धेरै ठाउँमा पहिरो जाँदा जनजीवन अस्तव्यस्त बनेको छ।

म्याग्दी, रुकुम, चितवन लगायत ठाउँमा पहिरोले जनजीवन अस्तव्यस्त बनाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

Narayangadh_Muglin_Road_pahiro (5)1659426388.jpg

सोमबार राति नै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। रातिदेखि नै पहिरो पन्छाउन थालिए पनि मंगलबार बिहानसम्म पनि प्रयास सफल हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

केराबारीसहित नारायणगढ–मुग्लिन सडक खण्ड ३ ठाउँमा अवरुद्ध भएको छ। चितवनको २० किलो र २९ किलो भन्ने स्थानमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

Narayangadh_Muglin_Road_pahiro (1)1659426388.jpg

अहिले नारायणगढ तर्फबाट जुगेडीमा सवारी साधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म ल्याउने कार्य भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

Narayangadh_Muglin_Road_pahiro (4)1659426387.jpg

यस्तै, चितवनको कुरिनटारमा पनि पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।  प्रहरीका अनुसार बिहान ८.५० बजे चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै  माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो।

Narayangadh_Muglin_Road_pahiro (2)1659426387.jpg

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन  पहल गरिरहेको  चितवन जिल्ला  प्रहरी कार्यालयका  प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

तस्बिरहरु: गोपाल चन्दको फेसबूकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*