दाङ, १४ साउन
नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका सभापती तथा पुर्व सिंचाइ राज्य मन्त्री अमरसिंह पुनले सबै धर्म संस्कार संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
घोराही उप महानगरपालिका वडा नं १८ मसिना बजारमा स्थापना गरिएको स्वर्गद्धारी शिवालय मन्दिरको उद्घाटन तथा प्राण प्रतिष्ठान गदै उनले यस्तो बताएका हुन । कुनै पनि धर्म संस्कृती, संस्कार प्रति इष्या गर्न नहुने उनको भनाइ रहेको छ ।
आफुले मानेको धर्म संस्कृति संस्कार भन्दा अरुको धर्म संस्कृति संस्कार मार्थि आक्रमण गर्ने कार्य राम्रो नभएको समेत बताए । पछिल्लो समय हिन्दु धर्म मार्थि प्रहार हुदै गएको भन्दै यस प्रकाको कार्य राम्रो नभएको बताए । समाजमा हुने विभिन्न प्रकारका हिंसा तथा विकृती रोक्नका लागि धर्म संस्कृतिले समेत सहयोग पु¥याउने उनको भनाइ रहेको थियो ।
‘व्यथीती हुने स्थानमा मन्दिरको निर्माण गरेमा त्यस ठाउ व्यवस्थीत हुने गरेका छन्’ उनले भने । मानिसलाई सही मार्गमा हिडाउनका लागि हाम्रा धर्म संस्कृति तथा संस्कारले समेत सहयोग पु¥याउने गरेको उनको भनाइ रहेको छ । समाजको परिवर्तनमा धर्मले समेत भुमिका खेल्ने गरेले बताए ।
लुम्विनी प्रदेश भगवान गौतमवुद्ध एवम स्वर्गद्धारी महाप्रभुको जन्म स्थल रहेको भएकाले यस क्षेत्र धार्मिक दृष्ट्रिकोण ज्यादै महत्वपुर्ण क्षेत्र रहेको बताए । यसको सही सदुपयोग गरेर अगाडि वढन समेत आवस्यक रहेको उनको भनाइ रहेको छ ।
स्वर्गद्धारी मन्दिरको नामा रहेका जग्गा अहिले पनि कव्जामा रहेको भन्दै जग्गा छोडि दिन समेत उनले आग्रह गरे । कव्जा गरिएका जग्गा फिर्ता गराउन सरकार राजनितीक दल, समाजिक व्यक्तित्व सबै मिलेर पलह थाल्नु पर्ने प्रदेश सभापती पुनकोे भनाइ रहेको थियो ।
दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयमा पटक पटक ताला वन्दी भइ रहेने गरेको भन्दै यस लाई आन्दोलन गर्ने स्थान गराउन नहुने समेत उनले बताए । ‘संस्कृत विश्व विद्यालयमा हुने ताला बन्दी रोकिनु पर्दछ’ उनले भने । संस्कृति विश्व विद्यालयलाइ आफनोे उदेश्य अनुसार सञ्चालन गर्न पहल गर्न समेत सबैलाइ आगह गरे ।
कार्यक्रममा घोराही उप महानगरपालिकाका उप प्रमुख हुमाकुमारी डि सीले स्थानिय सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गदै आएको बताइन् । सबै क्षेत्रको विकासका लागि स्थानिय सरकारले सहयोग गदै आएको उनको भनाइ रहेको थियो ।
त्यस अवसरमा नेपाली काँग्रेस दाङका उप सभापती कमानसिंह भारती, घोराही उप महानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्याल लगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रम स्वर्गद्धारी शिवालय धाम समितीका गणेश वेलवासेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण हास्य कलाकार कमल गाउँलेले गरेका थिए ।