Home / Feature Breaking news / लायन्स क्लब अफ घोराहीको अध्यक्षमा पवन योगी

लायन्स क्लब अफ घोराहीको अध्यक्षमा पवन योगी

घोराही, १४ साउन

लायन्स क्लब अफ घोराही सिटीको अध्यक्षमा पवन योगी निर्वाचित हुनुभएको छ । सन् २०२२–२०२३ का लागी योगी अध्यक्षमा निर्वाचित हुनुभएको हो । योगीले शुक्रवार पदभार ग्रहण गर्नुभएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि योगी सहित नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गर्नुभएको छ ।

लायन्स क्लब अफ घोराही सिटीका सन् २०२१–२०२२ का अध्यक्ष ललित श्रेष्ठको अध्यक्षता एवं लुम्बीनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई राज्य मन्त्रि अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा नयाँ कार्यसमितिले सपथ ग्रहण गरेको हो ।

क्लबको निवर्तमान अध्यक्षमा ललित श्रेष्ठ, प्रथम उपाध्यक्षमा विवेक आचार्य, दृतिय उपाध्यक्षमा ओविन्द्र महरा, तृतय उपाध्यक्षमा सनत गिरी, सचिवमा रविकिरण के.सी, कोषाध्यक्षमा कुलबहादुर वली रहनुभएको छ । यस्तै अन्य विभाग प्रमुखहरुमा पुष्पराज आचार्य, प्रदीपसिंह गहतराज, सुदर्शन गिरी, भुवन पोख्रेल, दिपक सेठ्ठी, बिमल श्रेष्ठ, चेतन बस्नेत, कैलाश खत्री, पंकज न्यौपाने, बसन्त खनाल, दोर्णराज पाण्डे, आर.के.शीतल र कमल पुन रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बीनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई राज्य मन्त्रि अर्जुन कुमार श्रेष्ठले लायन्स क्लबले युवाहरुको व्यक्तीत्व विकास र नेतृत्व विकाससँगै सामाजिक कार्यमा अतुलनिय योगदान गरेको बताउनुभयो । सरकारसँगको समन्वयमा एवं अन्य सामाजिक संघसंस्थासँगको समन्वयमा समाजमा शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्न उहाँले क्लबलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष योगीले एक बर्षमा गर्ने कार्यक्रमहरुको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जसमा शिक्षा तथा स्वास्थ्य, आँखाको दृष्टी, वातावरण संरक्षण, लागुऔषधी बिरुद्ध सचेतना, गरिबी निवारण लगायत रहेका छन् ।

क्लकका प्रथम उपाध्यक्ष विवेक आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तृतीय उपाध्यक्ष सनत गिरीले राष्ट्रिय झण्डाको अभिवादन गराउनुभएको थियो ।

त्यस अवसरमा समाजमा अतुलनिय योगदान प¥याए वापत भुपाल गिरी, गिरीराज शर्मा र राधिकादेवी आर्चायलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा 1st district vice governor MJF मुुकुट ढकाल, 2nd district vice governor PMJF बिनोद श्रेष्ठ, District Executive Chief लब अधिकारी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष एवं सामाजिक अभियान्ता बिमला योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष बलदेव योगी, घोराही चेम्बर अफ कमर्सका अध्यक्ष दुर्लभ के.सी, रोटरी क्लबका अध्यक्ष ओविन्द्र महरा, त्रिभुवन नगर जेसिजका कार्यवाहक अध्यक्ष मुकेश्वर शर्मा, दाङ महिला जेसिजका अध्यक्ष शारदा घर्ति लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजिरकण लायन्स क्लब अफ घोराही सिटीका सचिव रविकिरण केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*