Home / Feature Breaking news / तेक्वान्दोमा भविष्य खोज्दै बीरेन्द्र

तेक्वान्दोमा भविष्य खोज्दै बीरेन्द्र

दाङ,१४ साउन । रोल्पाको लिवाङमा पहिलो पटक तेक्वान्दो खेलसम्बन्धी जिल्लास्तरीय प्रतियोगितामा खेलाडीहरूले डेमो प्रदर्शन गरेको देख्दा वीरेन्द्रलाई खेलप्रति रूचि बढेको थियो तर तेक्वान्दोमा लाग्दा लड्नुपर्ने खेल भएकाले खेल्नलाई घरबाट अनुमति थिएन । वीरेन्द्रको जिद्धिले खेलमा लागे तर खेल सिक्नका लागि खेलाडीले लगाउने कपडा किक्ने पैसा थिएन । जसले गर्दा उनले केही समय ड्रेसबिनै खेल सिकेका थिए ।

खेलमा लाग्नलाई घरपरिवारको सुरुमा सहयोग थिएन । खेलभन्दा बुबाआमाको चाहना राम्रोसँग पढेर सरकारी जागिर खाओस् भन्ने थियो तर वीरेन्द्रको चाहना भने खेलप्रति बढ्दै गयो । जसले गर्दा लिवाङमा रहेको होलीभिजन बोर्डिङ स्कूलमा कक्षा २ मा पढ्दै गर्दा खुत्रुकेमा जम्मा गरेको पैसाले डे«स किनेर २०७३ सालदेखि तेक्वान्दो खेल सिक्न थालेका वीरन्द्रले ७ वर्षको अवधिमा साना–ठूला गरेर ३० बढी प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । उनले १५÷१६ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् भने रजत र कास्य करिब ४÷६ वटा प्रतियोगितामा पदक जितेका छन् । सानै उमेरदेखि तेक्वान्दो खेल क्षेत्रमा राम्रो क्षमता प्रदर्शन गरिरहेका उनले त्यहीअनुसार मेडल समेत जित्न सफल भएका छन् ।

केही दिन अघि मात्रै भारतको जम्मु–काश्मिरमा भएको ‘काश्मिर इन्टरनेशलन तेक्वान्दो च्याम्पियनसिप–२०२२’ मा स्वर्ण पदक जित्दाको क्षण आफ्नो जीवनको सबैभन्दा ठुलो खुसीको क्षण भएको तेक्वान्दो खेलाडी वीरेन्द्र डाँगी बताउँछन् । जुन पदकले उनलाई दाङदेखि काश्मिर पुग्दाको दुःख भुलाउनुका साथै आफ्नो खेल जीवनमा सफलताको खड्किलो लगाउने काम गरेको बताए । उक्त प्रतियोगितामा वीरेन्द्रले सिनियर ५४ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।

‘काश्मिरमा तेक्वान्दोको इन्टरनेशल प्रतियोगिता हुन थालेको खबर पाएपछि हामी सहभागी भएका थियौँ । काश्मिर जाँदा ट्रेन छुटेकाले धेरै दुःख पायौँ । दुई दिनमा पुग्नुपर्ने ठाउँमा पाँच दिन लगाएर खेलका लागि पुगेका थियौँ’, उनले भने, ‘जसले गर्दा पर्याप्त तयारी गर्न पाएको थिएन तर प्रतियोगितामा खेल्दा स्वर्ण जित्न सफल भएँ । त्यो क्षण मेरो सबैभन्दा खुसीको क्षण हो । मैले पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा स्वर्ण पदक जितेको थिए ।’

सुनवलबाट जाने ट्रेन छुटेपछि उनीहरू गाडीबाट सुनवलदेखि–दिल्लीबाट पञ्जाव–जम्मु हुँदै पाँच दिन लगाएर काश्मिर पुगेका थिए । वीरेन्द्रले गएको मंसिर महिनामा भएको भारतकै दिल्लीमा भएको ‘इण्डो–नेपाल मैत्रीपूर्ण तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिता’मा पनि रजत पदक जित्न सफल भएका थिए ।

२०७४ सालमा लिवाङमा भएको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा पहिलो पटक वीरेन्द्रले गोल्ड मेडल जितेका छन् । जिल्ला स्तरीय प्रतियोगितामा पहिलो पटक गोल्ड–मेडल हात पारेपछि उनी सोही वर्ष भएको उपराष्ट्रपति कप चिल्डे«न रनिङ शिल्ड प्रतियोगितामा जिल्ला–प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका थिए । १८ वर्षमुनिका खेलाडीहरू मात्र सहभागी हुन पाउने भक्तपुरमा भएको उक्त प्रतियोगितामा वीरेन्द्रले सकेजति क्षमता प्रदर्शन गर्न सकेनन् । जसले गर्दा काश्य पदकमा चित्त बुझाउन बाध्य भए ।

‘खेल क्षेत्रमा लागेको लामो समय भएको थिएन । सोही कारण पनि हुनसक्छ । पहिलो पटक सहभागी भएको राष्ट्रिय स्तरको प्रतियोगिता काश्य पदकमै चित्त बुझाउनुपर्ने अवस्था भएको थियो’, उनले भने, ‘यद्यपि पहिलो पटक रोल्पाबाट १८ वर्षमुनिका खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने म पहिलो खेलाडी भएको थिए । जसले गर्दा खुसी थिए ।’ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता र उपराष्ट्रपति कम चिल्डे«न प्रतियोगितामा उनले ४१ केजी तौल समूहको खेलमा प्रतिष्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा थर्ड भएपनि मलाई खेल क्षेत्रमा लाग्न सबैले हौसला प्रदान गर्नुभयो । देशभरका सात प्रदेशसँगै तीनवटा विभागीय टिम सहभागी भएको प्रतियोगितामा थर्ड हुन पाउँदा समेत खुसी लागेको उनी बताउँछन् । ‘प्रतियोगिता स्वर्ण जित्ने लक्ष्य भए पनि सकिनँ तर थर्ड शिल्ड जित्न सफल भएको थिएँ’, उनले भने, ‘पहिलो पटक सहभागी भएको राष्ट्रिय प्रतियोगितामा काश्य भएको थिएँ ।’ उक्त प्रतियोगिताले आपूmलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरित गरेको उनी बताउँछन् । तेक्वान्दो खेलमा भविष्य खोजिरहेका वीरेन्द्रलाई नेपालको राष्ट्रिय टिममा परेर ओलम्पिक खेल खेल्ने जीवनको लक्ष्य र सपना छ । त्यहीअनुसार उनले मिहिनेत समेत गरिरहेका छन् ।

२०६० साल मंसिर २२ गते बुबा गोकर्णप्रसाद डाँगी र आमा इन्द्रमाली डाँगीका जेष्ठ सुपुत्रका रूपमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा जन्मिएका थिए । वीरेन्द्रका एक भाइ विवेक र बहिनी शर्मिला रहेका छन् । २०६८ सालदेखि गाउँमै रहेको वीरेन्द्र माध्यमिक विद्यालयबाट औपचारिक पढाइ प्रारम्भ गरेका वीरेन्द्र पढाइमा राम्रा थिए । जसले गर्दा उनी कक्षा २ देखि ४ कक्षासम्म प्रथम भए । बाल्यकालमा लगातार तीन वर्षसम्म प्रथम हुन पाउँदाको क्षण जीवनको अर्काे खुसीको क्षण भएको उनी बताउँछन् ।

‘पढाइमा सानैदेखि राम्रै थिए । जसले गर्दा गाउँमा रहेको विद्यालयमा कक्षा २ देखि ४ सम्म प्रथम भएको थिएँ’, उनले भने, ‘वार्षिकोत्सवका अवसरमा विद्यालयमा हुने कार्यक्रममा पुरस्कार ग्रहण गर्दाका धेरै खुसी लाग्थ्यो ।’ कक्षा ४ पास गरेपछि गैरीगाउँबाट वीरेन्द्र लिवाङ झरे । उनले लिवाङमा रहेको होलीभिजन सेकेण्डरी बोर्डिङ स्कूलमा कक्षा २ मा भर्ना भएर पढाइ सुरु गरे । बोर्डिङ स्कूलमा ५ कक्षासम्म पढेपछि ६ कक्षादेखि १० सम्म लिबाङमा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए ।

२०७६ सालमा एसइई ‘बी प्लस’ गे्रडमा पास गरेपछि उनी घोराही झरेका थिए । घोराहीमा रहेको इमेज कलेजमा भर्ना भएर अमिन परेका वीरेन्द्रले पढाइसँगै तेक्वान्दो खेललाई समेत अघि बढाइरहेका छन् । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङमा आबद्ध वीरेन्द्र विभिन्न प्रतियोगितामा सहभागी भएर पदक समेत जित्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*