Home / Feature Breaking news / श्रीलंकामाथि नेपालको सानदार जित

श्रीलंकामाथि नेपालको सानदार जित

दाङ,१२ साउन । नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो ।

नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा पहिलो गोल गरे । कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिरबाट उनले आकर्षक गोल गरेका हुन् ।

मनग्य नकर्मीले ८४ औं मिनेटमा नजिकको दूरीबाट तेस्रो गोल थपे । यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ र राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा छ । समान ६ अंकमा बंगलादेश दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*