Home / Feature Breaking news / बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई कांग्रेसद्वारा कारवार्ही

बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई कांग्रेसद्वारा कारवार्ही

घोराही,२२ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी २५ गते हुने निर्वाचनमा सचिव पदमा बागी उम्मेदवारी दिएका दिपक श्रेष्ठलाई नेपाली कांग्रेस दाङले कारवाही गरेको छ । बागी उम्मेदवारी दिएका कांग्रेस १४ का सचिव श्रेष्ठसहित उनका प्रस्तावक र समर्थकलाइ पार्टीको सदस्य समेत नरहने गरि कारबाही गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सचिव पदमा बागी उम्मेदवारी दिएका श्रेष्ठ, उनका समर्थक कांग्रेसका क्रियाशिल सदस्य मिनेश श्रेष्ठ र प्रस्तावक कांग्रेसका साधारण सदस्य राजकुमार प्रधानलाई पार्टी सदस्य समेत नरहने गरि कारवाही गरेको जनाएको छ । कांग्रेस दाङका उपसभापति कमानसिन्ह भारती, क्षेत्र नम्बर २ का क्षत्रीय सभापति भिमप्रकाश खडका, क्षेत्र नम्बर २ (क) का सभापति प्रकाश श्रेष्ठ र घोराही नगर सभापति तिलक रावतले बिज्ञपति जारी गर्दै पार्ट्रीको बिधान बमोजिम उनीहरुलाई कारवाही गरिएको उल्लेख गरेका छन ।

कांग्रेसको शंशोधित बिधान २०१७ परिच्छेद ९ को ३४ ९४० क अनुसार उनीहारुलाई पार्टी सदस्यताबाटै निष्काशन गरिएको बिज्ञप्तिमा उल्लेख छ । घोराही खानेपानीको सचिवमा गठबन्धनका तर्फबाट कांग्रेसले धर्मेन्द्र श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*