Home / Feature Breaking news / खानेपानीको निर्वाचनमा डिसीको प्यानललाई जिताउन प्रजातान्त्रिक उद्यमी संघको अपील

खानेपानीको निर्वाचनमा डिसीको प्यानललाई जिताउन प्रजातान्त्रिक उद्यमी संघको अपील

घोराही, २१ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा देवीबहादुर डिसी (देवी वकिल) नेतृत्वको प्यानलले उपभोक्ताहरूमा प्रजातान्त्रिक उद्यमी संघले अपील गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समन्वय समितिको गठबन्धनमा रहेको प्यानललाई बिजयी बनाउ प्रजातान्त्रिक उद्यमी संघले मतदातालाई आग्रह गरेको हो । संघको मंगलवार बसेको बैठकले सम्पूर्ण उपभोक्ताहरूलाई मतदानका लागि अपील गरेको छ ।

प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष मानु केसीको अध्यक्षता बसेको बैठकले असार २५ गते हुने निर्वाचनमा सम्पूर्ण उपभोक्ताहरूलाई देवी वकिल) नेतृत्वको प्यानललाई विजयी गराउन अपील गरेको हो ।

गठबन्धन प्यानलका उम्मेदवारहरु अध्यक्षमा देवीबहादुर डिसी -देवी वकिल, बरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा हेमन्ती पुनमगर, सचिवमा धर्मेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा ध्रुब केसी रहेका छन् । त्यसैगरी महिला सदस्यहरु यशोदा पाण्डेय, खुमा खड्का, विन्दु पाण्डेय र खुला सदस्य किशोर आचार्य, दिनेश ओली, युवराज आचार्य कोइली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*