Home / Feature Breaking news / खानेपानी निर्वाचनमा देवी वकिल नेतृत्व प्यानललाई मतदान गर्न अपील

खानेपानी निर्वाचनमा देवी वकिल नेतृत्व प्यानललाई मतदान गर्न अपील

दाङ,२१ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा मतदानका देवीबहादुर डिसी (देवी वकिल) नेतृत्वको प्यानलले उपभोक्ताहरूमा अपील गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समन्वय समितिको गठबन्धनमा रहेको प्यानलले मंगलवार एक विज्ञप्ति जारी गरी सम्पूर्ण उपभोक्ताहरूलाई मतदानका लागि अपील गरेको हो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, नेकपा माओवादी केन्द्रका दाङ जिल्ला सचिव विश्वराज आचार्य र राष्ट्रिय जनमोर्चा समन्वय समिति दाङका कोषाध्यक्ष लिलाबहादुर पुन (लालध्वज) ले संयुक्त विज्ञप्ति जारी गरी सम्पूर्ण उपभोक्ताहरूलाई देवी वकिल नेतृत्वको प्यानललाई विजयी गराउन अपील गरिएका हुन् ।

विज्ञप्तिमा–‘असार २५ गते सम्पन्न हुन गइरेहको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा सहभागी हुन सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक अपील गर्दछौँ । २०५३ सालमा स्थापना भई घोराही क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्दै आएको संस्थाको आफ्नै गरिमा र महत्व रहेको छ । संस्थाको गरिमालाई जोगाइराख्न सबै उपभोक्ताहरुले निभाएको भूमिका अतुलनीय छ । शनिबार हुन गइरहेको आठौँ अधिवेशन तथा निर्वाचनमा गठबन्धनका तर्फका उम्मेदवार देबीबहादुर डिसी (देवी वकिल) नेतृत्वको प्यानललाई आफ्नो अमूल्य मत दिई विजयी गराउन हुन सम्पूर्ण उपभोक्ताहरुमा हार्दिक निवेदन गर्दछौँ ।’

गठबन्धन प्यानलका उम्मेदवारहरु अध्यक्षमा देवीबहादुर डिसी (देवी वकिल), बरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा हेमन्ती पुनमगर, सचिवमा धर्मेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा ध्रुब केसी रहेका छन् । त्यसैगरी महिला सदस्यहरु यशोदा पाण्डेय, खुमा खड्का, विन्दु पाण्डेय र खुला सदस्य किशोर आचार्य, दिनेश ओली, युवराज आचार्य (कोइली) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*