Home / Feature Breaking news / समृद्धिको आधार पर्यटन : मन्त्री चौधरी

समृद्धिको आधार पर्यटन : मन्त्री चौधरी

अमरराज आचार्य
तुलसीपुर, २१ असार । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकासमन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यो क्षेत्रलाई कृषि र पशुपालनलाई समेत जोडेर बहुआयामिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।

आन्तरिक रोजगारीको अवस्था नितान्त कमजोर भएकाले स्थानीय उत्पादनलाई बढावा दिने र पर्यटकीय क्षेत्रहरुलाई रिचार्ज गर्नका लागि आफ्नो मन्त्रालयले भिन्नै प्याकेज ल्याएको पनि स्मरण गराएका छन् । यो कार्यक्रममा प्रदेशका ६ जिल्लाका सहभागी भएको बताइयो, तर समग्रमा दाङ बाहेकका कुनै पनि जिल्लाका सहभागीहरु कार्यक्रममा थिएनन् ।

जुन नागरिकले जे–जे गरिरहेका छन्, जहाँ–जहाँ उनीहरुको पेशागत सम्मान हुन्छ, जसबाट प्रदेश सरकारलाई समृद्धिको अनुभूति हुनेछ, त्यस्ता क्षेत्रमा प्रदेश सरकारले लगानीमैत्री वातावरण मिलाउन लागेको पनि मन्त्री चौधरीले बताए । त्यसका लागि आम राजनीतिक दल, नागरिकहरु, व्यवसायीहरु तथा सञ्चार जगतको पनि साथ र सहयोग हुने उनको अभिव्यक्ति थियो । पर्यटनका लागि जोडिएको कार्यक्रममा उनले स्थानीय परिकारको प्याकेजिङ, लेबलिङ र बजारीकरणमा पनि प्रदेश सरकार पर्यटन मन्त्रालयले अर्थपूर्ण रुपमा सहयोग गर्ने अभिव्यक्ति दिए ।

बाहिर आउन नसक्ने पर्यटकीय क्षेत्रहरुको बारेमा सञ्चार क्षेत्रले बाहिर ल्याइदिएमा त्यस क्षेत्रको विकास हुने उनको भनाइ रहेको थियो । लुम्बिनी पर्यटन विकास परिषद्, पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालयले दाङको तुलसीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेश पर्यटन क्षेत्रमा धेरै सम्भावना बोकेको क्षेत्र रहेको उनले बताए ।

हिमालदेखि तराईसम्मका भगवान गौतम बुद्धको जन्मस्थल, रुकुमको हिमालदेखि बर्दियामा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्र पर्यटनको रोजाइँ बन्ने स्थल रहेको उनको भनाइ रहेको थियो । ‘नेचर, कल्चर र धार्मिक क्षेत्रको माध्यमबाट यस क्षेत्रमा पर्यटनको विकास गर्न सकिन्छ’, मन्त्री चौधरीले भने । प्रदेशका बहुभाषिक, बहुजाति, बहुसांस्कृतिक नागरिकहरुको बसोबास रहेको समेत मन्त्री चौधरीले बताए । सम्भावनाहरुको सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए । यसले यस क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासमा धेरै काम गरिरहेको बताए । ‘प्रदेश सरकार पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको छ’, मन्त्री चौधरीले भने । निजी क्षेत्र तथा सञ्चार क्षेत्रलाई सहयोग गर्न समेत आग्रह गरे । हरेक जिल्लामा पर्यटन प्रवद्र्धन गर्नका लागि फरक–फरक हव बनाएर अगाडि बढ्ने समेत बताए । दाङ, बाँके र बर्दियालाई थारु क्षेत्रको हव बनाइने उनले बताए ।

थारु जातिको सांस्कृतिक पहिचान, भेषभूषा, बाजागाजालगायतको संरक्षण प्रवद्र्धन गर्न लागेको मन्त्री चौधरीको भनाइ रहेको थियो । आगामी भदौदेखि नै दाङ, बाँके, रोल्पा र पाल्पाका मगर, थारु, नेवारलगायत जातजातिको रैथाने रक्सीहरुको ब्राण्डिङ गर्ने बताए । साथै उक्त रक्सीलाई ब्राण्डिङ गरी १ लाख युवाहरुलाई रोजगारी सिर्जना हुने मन्त्री चौधरीको भनाइ रहेको छ ।

त्यस्तै बादी समुदायका लोपोन्मुख प्रचलित बाजा–गाजालाई पनि पर्यटन मन्त्रालयले संरक्षण र प्रवद्र्धन गरिने बताए । ‘प्रदेशमा एक वर्षमा ५ देखि १० करोड पर्यटक भित्र्याउने लक्ष्य रहेको छ’, मन्त्री चौधरीले भने । थारु, मगर, नेवारलगायतका जातजातिहरुको चाडपर्व, खानपान, मौलिक नाँचको ‘सिजनल क्यालेण्डर’ नै बनाएर राख्नुपर्ने समेत बताए । संस्कृतिविद् डा. गोविन्द आचार्यले जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक पर्यटन क्षेत्रहरुको बारेमा गहिराईमा पुगेर अध्ययन हुनुपर्ने बताए । यसले त्यसका बारेमा बाहिर प्रचार–प्रसार गरेर पर्यटक भित्र्याउन सहज हुने बताए ।

‘जिल्लामा प्याराग्लाडिङ तथा ¥याफटिङको राम्रो सम्भावना रहेको छ, यसलाई अगाडि बढाउन सक्नुपर्दछ’, उनले भने– ‘यसले पर्यटनको विकासमा सहयोग पुग्दछ ।’ स्थानीय सरकारहरुले पर्यटन तथा संस्कृतिका क्षेत्रमा प्राथमिकता दिन नसकेको बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले पर्यटन प्रवद्र्धन गर्न नयाँपन हुनुपर्ने बताए । ‘पर्यटन आकर्षण गर्न नयाँपन दिन सक्नुपर्दछ’, उनले भने ।

जिल्लामा रहेका ऐतिहासिक क्षेत्रको बारेमा जानकारी दिन सक्नुपर्ने समेत उनले बताए । तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले पर्यटनलाई सहज आगमनका लागि हवाइ यातायात नियमित हुनुपर्ने बताए ।

यसका लागि तुलसीपुरमा रहेको एयरपोर्टको विस्तार हुनुपर्ने बताए । होटल एशोसियशन संघ दाङका अध्यक्ष नरेशकुमार श्रेष्ठले अहिले जिल्लामा पर्यटन क्षेत्रको अवस्था दयनीय रहेको बताए । पयर्टन क्षेत्रको विकासका लागि राज्यले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो । पर्यटन भित्र्याउन पूर्वाधार विकासमा ध्यान दिन सक्नुपर्ने समेत उनले बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले यस क्षेत्रमा रहेका स्रोत साधनको उपयोग गरेर अगाडि बढ्नुपर्ने बताए । यसका लागि सबै क्षेत्रबीच समन्वय हुनुपर्ने समेत उनको भनाइ रहेको थियो । सञ्चार क्षेत्रले आफ्नो क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि काम गर्ने समेत उनले बताए । राज्यले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने समेत बताए ।

पत्रकार सुशील बस्नेतले सञ्चार क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । मिडियाको प्रवद्र्धन भएमा रहेको क्षेत्रको विकासका लागि मिडियाले भूमिका खेल्ने उनको भनाइ रहेको थियो । तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले राज्यले होटल व्यवसायीहरुलाई प्रशिक्षण दिन आवश्यक रहेको बताए । यसले उनीहरुले गर्ने व्यवहारमा समेत परिवर्तन हुने उनको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*