Home / Feature Breaking news / दलहरुको सहमतीमा निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री चौधरी

दलहरुको सहमतीमा निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री चौधरी

घोराही, १७ असार  ।  सहरी विकास मन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा संघ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताएका छन् । दाङको लमहीमा सञ्चारकर्मीहरुसंग मन्त्री चौधरीले आउँने मंसिर महिनामा निर्वाचन गर्ने गरि दलहरुकाविच छलफल भैरहेको बताएका हुन ।

निर्वाचन बारे दलहरुकाविच सहमति भएपनि सरकारले मिति घोषणा गर्ने बताए । ‘वर्तमान सरकारको अवको ध्यान भनेको समयमै संघीय र प्रदेशसभा निर्वाचन गराउने हो’,मन्त्री चौधरीले भने,‘सरकारको ध्यानपनि निर्वाचन केन्द्रीत छ । त्यसैले मंसिरको २१ गतेलाई आधार मानेर वरिपरीको मितिमा निर्वाचन घोषणा हुन्छ ।’ मन्त्री चौधरीले संवैधानिक व्यवस्था अनुसार समयमै निर्वाचन गराउने बताए ।

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्दै मन्त्री चौधरीले सरकारको प्रमुख ध्यान निर्वाचनमा हुने बताए । एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउनुभएका मन्त्री चौधरीलाई लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसले कार्यक्रमको आयोजना गरेर स्वागत सम्मान गरेको थियो ।

स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले शैक्षिक क्षेत्रको गुणात्मक विकास हुन आवश्यक रहेको बताए । उनले अहिले उच्च शिक्षासम्म अध्ययन गरेपनि विद्यार्थीहरु बेरोजगार बन्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्ने गरि शिक्षा क्षेत्रको विकास हनु आवश्यक रहेको बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*